सुर्खेत /२९ पुस – पश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न प्रध्यापक,कर्मचारी र विद्यार्थीहरुमा देखा पर्ने समस्यालाई समाधान गर्न “मध्यपश्चिमाञ्चल विश्वविद्याल समस्या समाधान समिति”बनाउने निर्णय गरेको छ ।
प्रध्यापक,कर्मचारी र विद्यार्थीहरुमा विभिन्न समस्या आएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परीषदले समाधान समिति बनाउने निर्णय गरेको हो ।
विश्वविद्यालयका विद्यार्थी,प्रध्यापक,कर्माचारीमा आएका समस्या जुन निकायमा भएको हो उक्त समस्या सकेसम्म सम्बन्धित निकायबाटै समाधान गर्ने र उक्त निकायले अधिकतम प्रयास गर्दा पनि समस्या समाधान गर्न नसकेमा सोको जानकारी स–प्रमाण सहित लिखित रुपमा विश्वविद्याल समस्या समाधान समितिलाई जानकारी दिनु पर्ने छ ।
स–प्रमाण सहित लिखित रुपमा जानकारी आएपछि सरोकार वालाहरु संग छलफल गरी समाधानको विकल्प सम्बन्धित निकायलाई समस्या समाधान समितिले दिने विश्वविद्यालयले जनाएको छ ।



