प्रदेश मन्त्रालयद्वारा स्कूललाई बस प्रदान

काठमाण्डौं/२९ पुस– वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले नुवाकोटस्थित बेलकोटगढी नगरपालिका–७ मा रहेको एक विद्यालयलाई बस प्रदान गरेको छ ।
मन्त्रालयले ‘विद्यालय बस सेवा कार्यक्रम’ मार्फत् स्थानीय महादेव माध्यामिक विद्यालयलाई बस प्रदान गरेको हो ।
विद्यार्थीलाई विद्यालयमा नियमित गराउन र पढाइमा हौसला बढाउन भन्दै माध्यामिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी मन्त्रालयले ‘स्कूल बस’ प्रदान गरेको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए ।
मन्त्रालयले स्कूल बस प्रदान गरेसँगै घण्टौँ हिँडेर विद्यालय जानुपर्ने समस्याबाट बालबालिका मुक्त हुने विद्यालयले विश्वास व्यक्त गरेको छ ।