काठमाण्डौ /२८ पुस– सर्वोच्च अदालतले विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन सम्बन्धिको रीट आज खारेज गरेको छ ।
असोजदेखि पटक पटक पेसीको तारिख मात्रै सर्दै आएकोमा सर्वोच्च अदालतले आज नयाँ पाठ्यक्रमसम्बन्धि रीट खारेज गरेको हो ।
सर्वोच्चले रीटको पछिल्लो सुनुवाइ गर्ने दिन हिजोलाई तोकीएको थियो । तर समय अभावका कारण हिजोको बहसमा कुनै पनि कुराको निष्कर्ष भने हुन सकेको थिएन ।
अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन सम्बन्धि रीट खारेज गरेसंगै नयाँ पाठ्यक्रम लागू गर्नका लागि भने बाटो खुलेको छ ।
अदालतले रीट बमोजिम माग नहुने र नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको छ ।



