काठमाडौँ /१८ साउन – नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाहीले शिक्षक विद्यालय कर्मचारीहरूका लागी सुधारिएको शिक्षक महासङ्घको आवश्यकता रहेको बताएका छन् ।
यथास्थितिमा नेपाल शिक्षक महासङ्घ अगाडी बढ्न कठिन रहेको संकेत गर्दै महासङ्घ स्थानीय तहसम्म पनि पुग्न नसकेको उनको भनाई छ ।
स्थानीय तहमा शिक्षक कर्मचारीहरूलाई धेरै दुःख भईरहेकोले उनिहरूका परि, विषय उठाउन सक्ने र कानुनी लडाई लड्न सक्ने महासङ्घको आवश्यकता रहेको शाहीले बताए ।
उनले भने “अहिलेको महासङ्घ स्थानीय तहसम्म पुगेन, स्थानीय तहमा शिक्षकहरूले दुःख पाएका छन् । शिक्षक कर्मचारीहरूको पिर मर्का बुझ्ने, उनिहरूलाई साथ दिने र कानुनी आधारमा लड्न सक्ने महासङ्घको खाँचो छ । त्यसैले अब हामी सुधारिएको महासङ्घ बनाउँछौँ ।”
शाहीले नेपाल शिक्षक महासङ्घ ट्रेड युनियनमा पनि दर्ता नभएकोले ट्रेड युनियनमा जानुपर्ने जोड् दिए ।



