काठमाडौँ /१८ साउन – काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि उम्मेदवारको छनोट सूची सार्वजनिक गरिएको छ । नियुक्तिका लागि गठित सिफारिस समितिले १० जना उम्मेदवारको छनोट सूची सार्वजनिक गरेको हो ।
समितिले सार्वजनिक गरेको सूचमिा ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ अनुसार दरखास्त दिएका उम्मेदवारमध्ये दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपानेलाई समावेश गरेको छ ।
छनोट सूचीमा परेका उम्मेदवारलाई विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा अन्तर्वार्ता का लागी २०८३ साउन २२ गते बोलाइएको छ । पहिलो पाँच जनाको प्रस्तुतीकरण बिहान ८ बजेदेखि र बाँकी पाँच जनाको दिउँसो १ बजेदेखि सुरु हुने सूनामा उल्लेख छ ।



