गुडिरहेको स्कुल बसबाट खस्दा विद्यार्थीको मृत्यु

उदयपुर/५ चैत – वेलका बोर्डिङ स्कुलको बसबाट खस्द ९ वर्षीय विद्यार्थी सफल बस्नेतको मृत्यु भएको छ । उदयपुरको वेलका नगरपालिका–४ स्थित भित्री सडक खण्डमा जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको गुडिरहेको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको हो ।


घटनाबारे बस चालक वेलका नगरपालिका–८ का ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै बालकको शवलाई पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जनाएको छ ।