इरानको विद्यालयमा ‘गलत निशानाका कारण’ क्षेप्यास्त्र खसेको प्रारम्भिक निष्कर्ष

इरान/२८ फागुन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ ।
टाइम्सले २८ फेब्रुअरीमा भएको आक्रमणको अनुसन्धान जारी रहेको तर यसको लागि अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष आएको जनाएको हो ।


“अमेरिकी सेनाले नजिकैको इरानी बेसमा आक्रमण गर्ने क्रममा पुरानो तथ्याङ्क प्रयोग गरेर लक्ष्य समन्वय तय गरिएको कारण विद्यालय भवनमा परेको हो,” रिपोर्टमा अमेरिकी अधिकारीहरूको भनाइलाई आधार बनाउँदै लेखिएको छ ।


यसै हप्ताको सुरुमा विद्यालयकाृ आक्रमणमा इरान नै जिम्मेवार हुन सक्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनुभएको थियो तर पछि अनुसन्धानले जे कुरा प्रकट गरे पनि आफूले सहने बताउनुभएको थियो ।


अमेरिका–इजरायलले संयुक्तरूपमा सुरू गरेको सुरुवाती आक्रमणमा इरानको दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा लागेको थियो । उक्त घटनामा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।