इरान/२० फागुन – इरानको दक्षिणी भागमा रहेको मिनाब सहरको एउटा कन्या विद्यालयमा अमेरिका तथा इजरेलले गरेको आक्रमणमा मारिएका विद्यार्थीको अन्तिम संस्कार गरिएको इरानी अधिकारीहरूले जनाएका छन् । शनिवार भएको आक्रमणमा १६० जनाभन्दा धेरै छात्राको मृत्यु भएको जनाइएको छ ।
उक्त विद्यालय इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) को एउटा शिविरनजिकै थियो । साथै अमेरिकी सेनाले उक्त घटनाबारे आएका विवरणको अध्ययन गरिरहेको जनाएको छ भने इजरेली सेनाले उक्त क्षेत्रमा कुनै कारबाही भएको बारेमा आफूलाई थाहा नभएको बताउँदै आएको छ ।
उक्त विद्यालयमा शनिवार बिहान तीनवटा क्षेप्यास्त्र प्रहार भएको इरानी अधिकारीहरूले बताएका छन् ।



