काठमाडौँ /१२ माघ – लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले सातै प्रदेशमा केन्द्रले मन्टेश्वरी तालिम सञ्चालन गर्ने भएको छ । उद्यमशीलता विकास गर्ने उदेश्यले मन्टेश्वरी सँगै बार्बर, बेसिक ब्युटिसियन र जुनियर प्लम्बिङ विषयमा तालिम दिने भएको हो ।
केन्द्रले तालिमका लागि ७७ वटै जिल्लाका इच्छुक नागरिकले सूचना जारी भएको १५ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्ने जनाएको छ । ३ सय ९० घण्टा अवधिको यो तालिम सातै प्रदेशमा सञ्चालन हुनेछ ।
हरेक प्रदेशमा २० वटाका दरले तालिम सञ्चालन गर्ने तयारी केन्द्रले गरेको छ । देशका ७७ वटै जिल्लाका तोकिएको योग्यता पुगेका नेपाली नागरिकले यी तालिममा सहभागिता जनाउन सक्नेछन् ।




