काठमाडौँ/९ माघ -गणित शिक्षा एक बहुआयामिक र विशिष्ट शैक्षिक विधा हो जसले गणित विषयको सिकाइ र सिकाइने प्रक्रिया दुवै पक्षलाई समेट्छ । गणित शिक्षाको अध्ययनले तपाईंलाई केवल गणितको विषयवस्तु मात्र होइन, यसलाई प्रभावकारी रूपमा अरूलाई बुझाउने र शैक्षिक क्षेत्रमा ठूलो प्रभाव पार्ने सीपहरू पनि दिन्छ । कुशल शिक्षक , पाठ्यक्रम निर्माता, अनुसन्धानकर्ता, लेखक, विषय विज्ञ जस्ता सम्मानित पेशाहरूमा रहन गणित शिक्षा अध्ययन आवश्यक छ । त्यस्तै राम्रो रोजगारी, आकर्षक तलब तथा सेवा सुविधा तथा अन्य कामहरू मार्फत सम्पत्ति आर्जनका अवसर यो विषय अध्ययन गर्दा प्रशस्त पाइन्छ । तसर्थ विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय अन्तर्गतको गणित शिक्षा विषयमा भर्ना भइ अध्ययन गर्नुहुन अनुरोध छ ।
मुख्य शब्दावली :गणित शिक्षा, रोजगारी, २१ औँ शताब्दीका सिपहरू
१. विषय प्रवेश : गणित शिक्षा के हो ?
गणित शिक्षा एउटा गतिशील क्षेत्र हो जसले गणितलाई एउटा उपकरण को रूपमा प्रयोग गरेर विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूको लागि तयार पार्छ । यो नै गणितको विषयवस्तु र त्यसलाई सिकाउने कलाको वैज्ञानिक अध्ययन विधा हो । गणित शिक्षा एक बहुआयामिक र विशिष्ट शैक्षिक विधा हो जसले गणित विषयको सिकाइ र सिकाइने प्रक्रिया दुवै पक्षलाई समेट्छ । विशेषगरी के सिकाउने (What to Teach: Content) ? कसरी सिकाउने (How to Teach: Pedagogy) ?, विद्यार्थीले कसरी सिक्छन (How do Students Learn: Learning Theory) ? कसरी मुल्यांकन गर्ने (How to Assess or Evaluate) ? कस्ता पाठ्यक्रम निर्माण गर्ने ? जस्ता पक्षहरूलाई गणित शिक्षाले समेटेको हुन्छ ।
यो केवल कक्षाकोठामा हिसाब सिकाउने प्रक्रिया मात्र होइन, बरु गणितको विषयवस्तु, विद्यार्थीको मनोविज्ञान, र प्रभावकारी शिक्षण विधिलाई एकै ठाउँमा जोड्ने एउटा पुल हो । गणित शिक्षा कुनै पनि समाजको प्रगति र विकासको आधारशिला हो । यो केवल सङ्ख्या र समीकरणहरूको ज्ञान मात्र नभई तार्किक सोच, समस्या समाधान गर्ने क्षमता, र विश्लेषणात्मक सीपहरूको विकास गर्ने महत्वपूर्ण माध्यम हो ।
२. नेपालमा विद्यार्थीले गणित शिक्षा अध्ययन किन गर्ने ?
गणित शिक्षाको अध्ययनले तपाईँलाई केवल गणितको विषयवस्तु मात्र होइन, यसलाई प्रभावकारी रूपमा अरूलाई बुझाउने र शैक्षिक क्षेत्रमा ठूलो प्रभाव पार्ने सीपहरू पनि दिन्छ । गणित शिक्षा अध्ययन गर्नुका धेरै महत्वपूर्ण कारणहरू छन्, जुन व्यक्तिगत, व्यावसायिक र शैक्षिक दृष्टिकोणबाट लाभदायी छन् । गणित शिक्षा विद्यार्थिहरूलाई उज्ज्वल भविष्य निर्माणका लागि अपरिहार्य छ । जब विद्यार्थीहरू गणितलाई डराउने विषयको सट्टा एउटा रोचक, व्यावहारिक, र समस्या समाधान गर्ने शक्तिशाली औजारको रूपमा हेर्न थाल्छन्, तब मात्र देशको शैक्षिक र आर्थिक विकासले गति लिनेछ । विद्यार्थीहरूमा त्यस्तो क्षमाताको विकास गराउने एकमात्र व्यक्ति भनेको गणित शिक्षाको अध्येता (Mathematics Educator) हो । गणित शिक्षा अध्ययन गर्नु, आफैँमा दक्ष बन्ने र अरूलाई पनि दक्ष बनाउने दोहोरो अवसर प्राप्त गर्नु हो । गणित शिक्षाको अध्येता केवल जागिर मात्र नभई राष्ट्र निर्माणमा प्रत्यक्ष योगदान पु¥याउने एक महत्वपूर्ण र सम्मानजनक पेसा हो ।
गणित शिक्षा अध्ययन पछिका अवसरहरू के त ?
क) देश विकासको जगमा तपाईँको भूमिका हुनेछ : गणित शिक्षा पढेर तपाईंले भविष्यका पुस्तालाई सिधै आकार दिन सक्नुहुन्छ । गणित, STEAM Education (Science, Technology, Engineering, Arts and Mathematics) को आधार हो । दक्ष गणित शिक्षकले उत्पादन गर्ने विद्यार्थीहरू नै भोलि देशको प्रविधि, विज्ञान, र इन्जिनियरिङ क्षेत्रका इन्जिनियर र वैज्ञानिक बन्नेछन् ।
ख) “गणित डर“ (Mathematical Anxiety) : हटाउन धेरै विद्यार्थीहरूलाई गणित, डर लाग्ने र बुझ्न गाह्रो हुने विषयको रूपमा लिएको पनि पाइन्छ । तपाईँले सिकेको नवीन शिक्षण विधि प्रयोग गरेर विद्यार्थीको डर हटाउँदै उनीहरूलाई गणितलाई रोचक र व्यावहारिक रूपमा बुझ्न मद्दत गर्न सक्नुहुन्छ । विद्यार्थीको हृदयमा ज्ञानको दीप बालेर Role Model र मार्गदर्शकको रूपमा आफूलाई व्यक्त गर्ने अवसर पाउनुहुन्छ जुन सामान्य विषय भने पक्कै होइन ।
ग) सिकाउने कलामा निपुणता प्रदान गरी कुशल शिक्षक बन्न सक्नुहुन्छ : यस विषयले तपाईँलाई शिक्षणका सिद्धान्तहरू (pedagogy), बाल मनोविज्ञान, शिक्षणमा प्रविधिको ज्ञान र मूल्याङ्कनका आधुनिक तरिकाहरू सिकाउँछ । यसले तपाईँलाई एक कुशल र प्रभावकारी शिक्षक बनाउँछ ।
घ) राम्रो रोजगारीका अवसर र माग (High Demand and Career Opportunities)
- शिक्षक बन्ने अवसर : शिक्षण पेसामा गणित शिक्षकहरूको माग सधैँ उच्च हुन्छ । राम्रो गणित शिक्षकको माग प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म, देशभित्र र विदेशमा पनि सधैँ उच्च रहन्छ । त्यसैले गणित शिक्षाको अध्ययन गरिसके पश्चात् शिक्षक सेवा आयोगले सञ्चालन गर्ने परीक्षा सजिलै उत्तीर्ण गरी सिधै नेपाल सरकारको स्थायी शिक्षक बन्ने अवसर खुला रहनेछ । त्यस्तै नेपालका संस्थागत विद्यालयहरूमा आकर्षक तलब तथा सेवा सुविधा सहितको रोजगारीको अवसरहरू रहन्छन ।
- विविध रोजगारी : तपाईँ शिक्षक मात्र नभएर शैक्षिक सल्लाहकार वा शैक्षिक प्रविधि विकास गर्ने संस्थामा पनि काम गर्न सक्नुहुन्छ ।
- ट्युशन र परामर्श : गणितको ज्ञानमा निपुण भएपछि तपाईँले निजी ट्युशन (एचष्खबतभ त्गतयचष्लन) वा शैक्षिक परामर्श केन्द्र सञ्चालन गरेर अतिरिक्त आम्दानी गर्न सक्नुहुन्छ ।
- प्रशिक्षक बन्ने अवसर : गणित शिक्षाको अध्ययन पश्चात् तपाईँले आफूलाई कुशल प्रशिक्षकको रूपमा विकास गरी विभिन्न शिक्षक तालिम केन्द्र तथा अन्य स्थानहरूमा आफूलाई त्चबष्लभच को रूपमा परिचित गराउने अवसर प्राप्त गर्नुहुनेछ ।
ङ) पाठ्यक्रम निर्माणकर्ता (Curriculum Designer) : गणित शिक्षाको अध्ययन पश्चात् तपाईँले विद्यालय तथा अन्य निकायहरूमा, तालिम केन्द्रहरुमा गणित विषयको पाठ्यक्रम निर्माणकर्ताको रूपमा आफूलाई विकास गर्न सक्नुहुन्छ ।
च) किताब लेखक (Book Writer) : गणित शिक्षाको अध्ययन पश्चात् गणित विषयको विद्यालय तथा विश्वविद्यालय तह तथा अन्य निकायहरूमा गणित पाठ्यपुस्तक, सन्दर्भ सामग्री लेखक बन्ने अवसर प्राप्त हुन्छ ।
छ) अनुसन्धानकर्ता (Researcher) : तपाईं शैक्षिक सुधारको अग्रभागमा रहन सक्नुहुन्छ । तपाईँले गणित शिक्षणमा नयाँ प्रविधि (जस्तैः GeoGebra, AI Tools) र नवीन विधिहरू (Project–Based Learning) प्रयोग गर्न र तिनको प्रभाव अध्ययन गर्न सक्नुहुन्छ । गणित शिक्षामा देखिएका समस्याहरू (जस्तैः विद्यार्थीको कम सहभागिता, कमजोर नतिजा) मा अनुसन्धान गरेर राष्ट्रिय पाठ्यक्रम र शिक्षण नीति सुधार गर्न योगदान पु¥याउन सक्नुहुन्छ । यसरी गणित शिक्षा सम्बन्धी विविध आयामहरूमा अध्ययन तथा अनुसन्धान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरूमा आफ्नो लेख प्रकाशित गरी देश विदेशमा आफ्नो लेख प्रस्तुतिका लागी भ्रमण गर्न सक्नुहुन्छ ।
ज) व्यक्तित्व विकास र बौद्धिक सक्षमता (Personal and Intellectual Growth)
गणित शिक्षाको अध्ययनले तपाईँको व्यक्तिगत र बौद्धिक क्षमताको विकास गर्छ । तपाईँले केवल सूत्रहरू मात्र होइन, गणितका पछाडिका तर्कहरू, अवधारणाको इतिहास, र गहिरो सैद्धान्तिक ज्ञान जस्तो गहन वैचारिक ज्ञान पाउनु हुनेछ ।
गणित शिक्षाले तपाईँलाई जटिल समस्याहरूलाई साना भागमा विभाजन गरेर समाधान गर्ने विश्लेषणात्मक सीपहरू सिकाउँछ, जुन जीवनको हरेक क्षेत्रमा उपयोगी हुन्छ ।
विद्यार्थीहरूलाई जटिल अवधारणाहरू सरल तरिकाले बुझाउन सक्ने क्षमता विकास हुन्छ, जसले तपाईंको सञ्चार (Communication Skill) र प्रस्तुति (Presentation Skill) सीपलाई बलियो बनाउँछ ।
३. चुनौती तथा समस्या
माथि हामीले गणित शिक्षा अध्ययन गरीसके पश्चात् के कस्ता अवसरका ढोकाहरू खुल्ने रहेछन भनेर छलफल ग¥यौँ । ति सबै अवसरहरूमा अब्बल साबित गर्न पक्कै पनि सजिलो छैन । शैक्षिक तथा प्रविधिमा आएको ठुलो परिवर्तनले हरेक क्षेत्रमा सुधार गरि एक्काइसौँ शताब्दीको सीपहरू विकास गर्नुपर्ने आजको आवश्यकता देखिएको छ ।
- केही चुनौतिहरू
- आजको प्रविधिसँग सामञ्जस्य हुन सक्ने विद्यार्थीलाई शिक्षण गर्नु ।
- शिक्षणमा प्रविधिको प्रयोग ।
- २१ औँ शताब्दीका सिपहरूको विकास गर्नु ।
- विद्यार्थीमा गणितीय डरलाई निरुत्साहित गर्नु ।
- STEAM मा आधारित पाठ्यक्रम निर्माण तथा शिक्षण गर्नु ।
- समावेशी शिक्षा तथा शिक्षण ।
४. अवको अध्ययनको बाटो के ?
माथिका खण्डहरूमा हामीले अवसर तथा चुनौती दुवैलाई छलफल ग¥यौँ । यस खण्डमा हामीले साँच्चै एक्काइसौँ शताब्दीका सिपहरू विकास गर्ने गरि आफूलाई तयार गर्न गणित शिक्षाको अध्ययन कसरी कहाँ गर्ने भन्ने विषयमा छलफल गर्नेछौँ ।
गणित शिक्षाको अध्ययन कसरी गर्ने
- त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायमा गणित शिक्षा सम्बन्धी B.Ed., M.Ed., MPhil तथा PhD कार्यक्रमहरु सञ्चालित छन् । तसर्थ आफ्नै नजिकैको क्याम्पसमा गई गणित शिक्षामा भर्ना गरी अध्ययन गर्ने ।
- अध्ययन गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई समेत ध्यानमा राखी अध्ययन गर्ने ।
- २१ औँ शताब्दीका सिपहरूको विकास हुनेगरी आफूलाई तयार गर्ने ।
- TPACK framework अनुसार आफूलाई तयार गर्ने ।
- Inclusive Pedagogy को अध्ययन गर्ने ।
५. निष्कर्ष
गणित शिक्षा अत्यन्त सम्भावना वोकेको विषय हो । समाजमा सम्मानजनक पेशा अपनाउन तथा अन्य थप आकर्षक अवसरहरू प्रायजसो गणित शिक्षा अध्ययन गर्नेहरूले पाउने गरेका पाइन्छ । आजको युग सुहाउँदो ढंगले २१ औँ शताब्दीका सिपहरूको विकास गरी त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय अन्तर्गत रही गणित शिक्षा विषयको अध्ययन गरी आफूलाई अब्बल साबित गर्न विद्यार्थिहरू पछाडी पर्नहुन्न । (लेखक सुजन काफ्ले त्रिभुवन विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर हुन् ।)



