बोर्डले सर्टिफाईड एक्जामिनर निर्माण गर्दै

काठमाडौँ /३ माघ – राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिका परीक्षण तथा प्रश्नपत्र निर्माण सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न । सर्टिफाईड एक्जामिनर निर्माण गर्ने उदेश्यले दुई दिने कार्यशालाको आयोजना गरिएको थियो ।


बोर्डले माघ २ र ३ गते सामाजिक अध्ययन, नेपाली र लेखा विषय गरी तीन विषयको उत्तरपुस्तिका परीक्षण तथा प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला सञ्चालन गरेको थियो । अव आउने वर्षदेखि चार विषयमा स्तरयुक्त परीक्षा सञ्चालन गरिने तयारी रहेकोले कार्यशाला सञ्चालन गरिएको बोर्डले जनाएको छ ।


सामाजिक अध्ययन, नेपाली र लेखा विषयमा धेरै विद्यार्थीहरूको नतिजा बिग्रिने गरेकोले तिनै विषयको प्रश्न पत्र निर्माण र उत्तरपुस्तिका परीक्षणको कार्यशाला सञ्चालन गरिएको शिक्षाविद् तथा त्रिवि शिक्षाशास्त्र संकायका पूर्व डिन प्रा।डा।प्रकाश श्रेष्ठले बताए । उनले एन्सर कि को हो रु मार्किङ्ग के हो रु लगायतका विषयमा राम्रो बुझन आवश्यक रहेको उल्लेख गर्दै यसले भेरिएसन कम गर्ने सवालमा सहयोग गर्ने बताए ।


परीक्षा नियन्त्रक कृष्ण शर्माले कक्षा १२ को नतिजालाई विश्लेषण गरेर हेरिएको र त्यसका आधारमा कार्यशाला सञ्चालन गरिएको जानकारी दिए । उनले पाठ्यक्रमले बनाएको ग्रिडको आधारमा टेस्ट आइटम निर्माण गरी त्यसलाई परीक्षण गरेर कुन प्रश्नमा कति वा कसरी लेख्दा कति मार्किङ्ग गर्ने भन्ने विषयमा जानकारी प्रदान गरिएको बताए ।