काठमाडौँ /२४ पुष – त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायले विद्यावारिधि (पिएचडी) तह अध्ययनका लागि आवेदन खुला गरेको छ । दर्शनाचार्य तह पूरा गरी विद्यावारिधि कार्यक्रम अन्तर्गत २०८२ माघे सत्रमा भर्ना भई अध्ययन गर्न चाहने उम्मेदवारहरूका लागि आवेदन खुल्ला गरेको हो ।
अध्ययनका लागि एमफिल परीक्षामा कम्तीमा सिजिपिए ३.० वा द्वितीय श्रेणी प्राप्त गरी उत्तीर्ण गरेको र एमफिल तहमा उत्तीर्ण गरेको विषयमा मात्र विद्यावारिधि तहमा आवेदन दिन पाइने विश्वविद्यालयले जनाएको छ ।
साथै त्रिवि बाहेक अन्य विश्वविद्यालयबाट एमफिल उत्तीर्ण गरेका आवेदकहरूले सो तहको समकक्षताको प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । योग्यता पुगेका उम्मेदवारहरूका लागि आवेदन वितरण पष २३ गतेदेखि २७ गतेसम्म तोकिएको छ ।



