काठमाडौँ /१७ पुष – नेपाल शिक्षक महासंघको नेतृत्व चयनमा ठुला भनिएका शिक्षक संगठनहरुको आलोपालो पद विभाजन भएको आलोचना र गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसलाई परिर्वतन गर्ने संकेत गरेको छ ।
मन्त्रालयले शिक्षा नियमावली संशोधनको तयारी अघि बढाएसँगै नेपाल शिक्षक महासंघको नेतृत्व चयन शिक्षकहरुले नै गर्न पाउने व्यवस्था गर्न लागेएको हो ।
मन्त्रालयले शिक्षकको राजनीतिक संलग्नताका विषयमा अध्ययन गरिरहेको जानकारी दिँदै महासंघको नेतृत्व छनोटमा सिधै शिक्षकहरुको हिभागितामा मतका आधारमा छनोट गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ ।
यसैगरी शिक्षक पठनपाठनको कामभन्दा बाहिर राजनीतिक दलका गतिविधिमा सक्रिय हुने प्रवृत्ति देखिएको भन्दै शिक्षकलाई राजनीतिबाट टाढा राख्ने विषयमा गृहकार्य भईरहेको मन्त्रालयको भनाई छ ।
शिक्षक महासंघको सदस्य हुन पाउने तर दलनिकट संघसंगठनबाट महासंघमा सहभागिता हुन नदिने गरि नियमावली ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । अहिले नेपाल शिक्षक महासङ्घका विभिन्न पदहरूमा शिक्षकहरूको सहभागीतामा छनोट गर्ने भन्दा पनि संघ संगठनहरूमा रहेका सदस्य शिक्षकहरूको सङ्ख्याका आधारमा पद बाढेर लिने गरिएको छ ।
यस्ता छन् अन्य व्यवस्था तथा प्रस्ताव
१. प्रअ भक्ता हुनसक्ने गरी प्रस्ताव गरिएको,
२. निजामति सरह ग्रेड मिलान गर्ने ,
३. दुई वर्ष कटेपछि विद्यालयको आवश्यकता हेरेर सरुवा गर्न सकिने,
४. सामुदायिक विद्यालयमा छोराछोरी पढाई रहेका व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुपर्ने,
५. वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने,
६. प्रधानाध्यापक नियुक्ति गर्दा स्थायी शिक्षकलाई मात्र प्रधानाध्यापक बनाउने र माध्यमिक विद्यालय (मावि) तहमा माविकै स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाउने,
७. अस्थायी प्रकृतिका शिक्षक प्रधानाध्यापक हुन नपाउने,
८. नियमावली शंसोधन पछि शिक्षक निर्देशिका खारेज गर्ने,
९. नेपाल शक्षक महासंघलाई उपलब्ध गराउँदै आएको काजको व्यवस्था हटाउने



