नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव पदका लागि आवेदन माग

काठमाडौँ /१६ पुष – नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति र कुलसचिव पदका लागि दरखास्त आह्वान गरिएको छ । नाम सिफारिस गर्न गठित सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरिएको हो ।


नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा १८ को उपदफा (१) बमोजिम उपकुलपति र सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुलसचिव नियुक्तिका लागि यो प्रक्रिया अघि बढाए सूचनामा उल्लेख छ ।


साथै आवेदन ’नेपाल खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८२’ अनुसार योग्य व्यक्तिले २०८२ पुस ३० गते कार्यालय समयभित्र आवेदन दिन समितिले आग्रह गरेको छ ।