तीन दिनका लागि विद्यालय बन्द

सुनसरी/१५ पुष – इटहरी उपमहानगरपालिकाका भित्रका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । अत्यधिक चिसो तथा शीतलहरका कारण विद्यालयमा पठनपाठन गर्न कठिनाइ भएकोले सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन विदा गर्ने निर्णय गरेको हो ।


पुष १६ गतेदेखि १८ गतेसम्म सबै विद्यालयमा विदा गरिएकोले उक्त समयमा पठनपाठनसँगै परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधिहरू सञ्चालन नगर्न विद्यालयहरूलाई इटहरी उपमहानगरपालिकाले सूचना मार्फत जानकारी गराएको छ ।