जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेर नष्ट, परीक्षाको तालिका पुन प्रकाशन

काठमाडौँ /६ असोज – पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेर नष्ट भएको जनाएको छ । भदौ २४ गते प्रहरी प्रभाग मङ्गलबजार, ललितपुरमा तोडफोड तथा आगजनी हुँदा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका नष्ट भएको जनाएको हो ।


नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी परीक्षा केन्द्रमा भदौ १९,२०,२१,२२ र २३ गते सम्पन्न भएका स्प्रिङ २०२५ को परीक्षाको सम्पूर्ण उत्तरपुस्तिकाहरु जलेर नष्ट भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


उक्त परीक्षा केन्द्रमा सञ्चालित ५ दिनका परीक्षाहरू र स्थगन गरिएका अन्य सबै परीक्षाको तालिका पुन प्रकाशन गरिएको छ ।


हेर्नुहोस तालिका