यो वर्ष शिक्षा दिवस नमनाइने

काठमाडौँ /३१ भदौ – सरकारले यो वर्षको राष्ट्रिय शिक्षा दिवस नमनाउने भएको छ । हरेक वर्ष असोज २ गतेलाई शिक्षा दिवसका रूपमा मनाउदैँ आएकोमा यो वर्ष देशमा उत्पन्न परिस्थितिमा दिवस नमनाउने निर्णय गरेको हो ।


साथै वर्ष विविध कार्यक्रमका साथ मनाउन मूल समारोह समिति गठन भई विभिन्न निकायहरूमा पत्राचार समेत गरी सकिएको अवस्थामा मूल समारोह समितिको कार्यक्रम नगर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।


यसैगरी प्रदेश, स्थानीय तह तथा विद्यालयहरू एवम् अन्य सरोकारवाला निकायहरूले आफ्नो अनुकूलताको विश्लेषण गरी उपयुक्त तरिकाले राष्ट्रिय शिक्षा दिवस मनाउन सकिने मन्त्रालयका सहसचिव रुद्रप्रसाद अधिकारी जनाएका छन् ।