काठमाडौं/२८ भदौ – अभिभावकले विद्यार्थी ल्याउने लैजाने गरी जिम्मा लिए भदौ ३० गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्न सकिने काठमाडौं महानगर पालिकाले सूचना जारी गरेको छ । सबै शिक्षक शिक्षक कर्मचारी भदौं २८ गतेदेखि विद्यालयमा उपस्थित हुन निर्देशन दिँदै उक्त दिन भने विद्यालाई नबोलाउन भनिएको छ ।
अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा त्यस्ता विद्यार्थीलाई भदौ ३० गते सोमबार देखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्श सँग सँगै अध्ययन अध्यापन गर्ने सकिने महानगर पालिकाले भनेको छ ।
२४ गतेबाट देशमा सिर्जित अवस्था र परिस्थितिका कारण शिक्षण सिकाइ क्रियाकलाप प्रभावित भईरहेकामा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट जिल्लामा लगाइएको कफ्र्यू तथा निषेधाज्ञा २८ गते देखि हटाईएको सूचनाका आधारमा विद्यालय सञ्चालन गर्न सूचित गरिएको छ ।
यस्तो छ सूचना
१. सबै शिक्षक तथा कर्मचारीहरु मिति २०८२।०५।२९ गते आईतवार देखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,
२. विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरु गर्ने, विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौँ महानगरपालिकामा सोको विवरण उपलब्ध गराउने, विद्यार्थीका अभिभावकहरुसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने,
३. अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा त्यस्ता विद्यार्थीलाई मिति २०८२।०५। ३० गते सोमबार देखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्श सँग सँगै अध्ययन अध्यापन गर्ने गराउने,
४. विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई Virtual Class मार्फत सहजिकरण गर्ने ।



