काठमाडौं/२६ भदौ – काठमाडौं विश्वविद्यालयले अध्ययन–अध्यापन छठपर्व पश्चात मात्र सञ्चालन हुने जनाएको छ । पछिल्लो समय विकसित घटनाक्रमहरूका कारणबाट विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको आवतजावतमा असजिलो पर्ने देखिएका भन्दै सो निर्णय गरेको हो ।
विश्वविद्यालयले भदौ २७ गते शुक्रबारदेखि कार्तिक १० गते पछि अर्थाथ छठपर्व पश्चात मात्र पठन पाठन सञ्चालन गर्ने निर्णय गरेको छ । साथै पूर्व–प्रकाशित परीक्षा र अन्य परीक्षाको सञ्चालनका लागि विश्वविद्यालयको पठनपाठन सूचारु भएपछि सूचना प्रकाशित गरिने जनाएको छ ।
यसैगरी अन्तिम मिति राखेर सूचना प्रकाशित भएका भर्ना, छात्रवृत्ति र विज्ञापनको हकमा कार्यालय सूचारु भएपछि एक हप्ताको समयावधि राखी सूचना पुनः प्रकाशित हुनेछ ।
१. हालका परिस्थितिका कारण विश्वविद्यालयको अध्ययन–अध्यापन छठपर्व पश्चात मात्र सञ्चालन हुनेछन् ।
२. पूर्व–प्रकाशित परीक्षा र अन्य परीक्षाको सञ्चालनका लागि विश्वविद्यालयको पठनपाठन सूचारु भएपछि सूचना प्रकाशित गरिनेछ । विभिन्न स्कुलबाट सञ्चालित भइरहेका परीक्षाहरूका हकमा सम्बन्धित स्कुलका डिन र परीक्षा नियन्त्रकले आवश्यक समन्वय गरी निर्णय लिन सक्नेछन् ।
३. विश्वविद्यालयका होस्टेलहरूमा बस्ने विद्यार्थीहरूलाई विश्वविद्यालयबाट काठमाडौंसम्म जानका लागि विद्यार्थी कल्याण निर्देशनालयबाट मिति २०८२/५/२७ र २८ गते बिहानको ६ः३० बजे का. वि., धुलिखेलको मेन गेटबाट काठमाडौंसम्म जाने बस व्यवस्था गरिएको छ ।
४. काठमाडौं उपत्यका बाहिर जाने विद्यार्थीहरूको हकमा विद्यार्थी कल्याण निर्देशनालयसँग समन्वय गरी नाम दर्ता गर्नुपर्नेछ ।
५. अन्तिम मिति राखेर सूचना प्रकाशित भएका भर्ना, छात्रवृत्ति र विज्ञापनको हकमा कार्यालय सूचारु भएपछि एक हप्ताको समयावधि राखी सूचना पुनः प्रकाशितगरिनेछ ।
६. अत्यावश्यक सेवा तथा प्रशासनिक कार्यहरू आवश्यकतानुसार हुनेछन् ।



