काठमाडौं/२६ भदौं – त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले कार्तिक ११ गतेसम्मका लागि पठन पाठन बन्द गरेको छ । मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी सो निर्णय गरेको हो ।
“भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य वन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ” सूचनामा भनिएको छ ।



