काठमाडौं/२५ भदौं-त्रिभिुवन विश्वविद्यालयले मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण सम्पूर्ण शैक्षिक क्रियाकलापहरु भदौ २७ गतेसम्मका लागि स्थगित गरेको जनाएको छ । एक सूचना जारी गर्दै अस्पताल बाहेकका प्रशासनिक कार्य आगामी भदौ २७ गतेसम्मका लागि स्थगित गरेको जनाएको हो ।
‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण शैक्षिक निकायहरुको शैक्षिक क्रियाकपालहरु एवं अस्पताल बाहेकका प्रशासनिक कार्य मिति २०८२ भदौ २७ गतेसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।



