नेसनल प्याब्सनको लोकनृत्यमा सेन्ट जोन र प्रसादी स्कुल विजेता

भक्तपुर/७ – भदौ नेसनल प्याब्सन भक्तपुरको कार्यक्रम सामूहिक लोकनृत्य र एकल नृत्य प्रतियोगिता–२०८२ नगरकोट फेदी चाँगुनारायणमा रहेको क्यालिटी स्कुलको आयोजनामा सम्पन्न भएको छ ।


प्रतियोगितामा एकल नृत्य तर्फ सूर्यविनायक नगरपालिका वडा ५ मा अवस्थित सेन्ट जोन स्कुलकी छात्रा विबिशा बिबिसा तामाङले प्रथम स्थान प्राप्त गरेकी थिइन भने सामूहिक लोकनृत्य तर्फ सूर्यविनायक नगरपालिका वडा ८ मा रहेको प्रसादी पाठशालाले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।


नेपालको विभिन्न जातजातिको भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको एकल नृत्यतर्फ सूर्यविनायक गपली भक्तपुरमा रहेको सेकरिड् हार्ट एकेडेमी स्कुलकी छात्रा म्हारमेन तामाङले द्वितीय, सुर्यावनियाक नपा ५ को यूनिटी स्कुलकी छात्रा दीपशिखा खड्काले तृतीय र सुर्यविनायक नपा ३ मा रहेको ईडेन गार्डेन स्कुलकी छात्रा सरिना भुषालले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । त्यसैगरी सामूहिक लोकनृत्यतर्फ सूर्यविनायक नपा ५ को यूनिटी स्कुलले द्वितीय स्थान, चाँगुनारायण नपा २ को ऋतम्भराले तृतीय स्थान र सूर्यविनायक नपा ३ को ईडेन गार्डेनले सान्त्वना स्थान हासिल गरेका थिए ।


प्रतियोगिताका प्रमुख अतिथि तथा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता विद्यार्थीहरूलाई सिल्ड, मेडल र प्रमाण–पत्रद्वारा पुरस्कृत गरेका थिए । आयोजक क्वालिटी स्कुलका प्रिन्सिपल जीबी खड्काले प्रतियोगिताको एकल तर्फ १३ वटा स्कुल र सामूहिक तर्फ १८ वटा स्कुलले सहभागिता जनाएको जानकारी दिए ।