शिक्षा विधेयक : आज निजी विद्यालयहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकाल्दै

काठमाडौँ /५ भदौ – विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा निजी विद्यालयहरूका माग समावेश नगरिएको भन्दै निजि विद्यालयका सञ्चालकहरू तथा प्रिन्सिपलहरूले आज र्‍याली निकाल्ने भएका छन् । बिहान ११ बजे देखि १ बजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरूले ब्यानर सहित नयाँ बानेश्वर चोकसम्म र्‍याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने भएका हुन् ।


निजी विद्यालयका तीन संस्था प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरका छन् । उनिहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा नीजि विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने र निजी सञ्चालकमा रहेका विद्यालयलाई गैर–नाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।


यसैगरी “पूर्ण छात्रवृत्ति“ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना ९खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर–नाफामूलक” बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३९क०, नियमावली, २०६० को नियम १० ९क०, मा ४५५ आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान–जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने माग रहेका छन् ।


यस्ता छन् आन्दोलनका कार्यक्रमहरू :
१. २०८२ भाद्र ५ गते बिहान ११ वजे देखि १ बजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानर सहित नयाँ बानेश्वर चोकसम्म र्‍याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने ।


२. (क) २०८२ भाद्र ६ गते, बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने ।
(ख) काठमाडौँ उपत्यकामा २७ किमी चक्रपथ वरिपरि स्कुल बसहरूको कालो झण्डा/ब्यानर सहित र्‍याली गर्ने ।


३. २०८२ भाद्र ६ गते दिनको ठिक १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ / धर्ना गर्ने ।


४. २०८२ भाद्र ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने ।


५. हामी राज्यसँग टकराब होइन, संवाद र सहकार्यको बाटो खोजिरहेका छौँ । तर, यदि हाम्रो व्यावसायिक अस्तित्व र शैक्षिक योगदानमाथि कुठाराघात गरिने प्रयास हुन्छ भने, हामी बाध्य भएर सङ्घर्षका सबै विकल्प रोज्न बाध्य हुनेछौँ ।