काठमाडौं/२ भदौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो ३ बजे बस्दैछ । सचिवालयले तयार पारेको विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस गरिने कार्यसूची छ ।
त्यसैगरी बैठकमा समितिका सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराउने तयारी रहेको सचिवालयले जनाएको छ । उपलब्ध प्रतिवेदन अध्ययन पछि समितिको बैठकमा छलफल गरेर पारित गर्ने प्रक्रिया रहन्छ ।
बैठक सिंहदरबारस्थित सम्बन्धित समितिको सभाकक्षमा बस्दैछ ।



