विद्यालय शिक्षा विधेय : समितिको बैठक आज, होला त विधेय पारित ?

काठमाडौँ /२२ साउन – विद्यालय शिक्षा विधेय २०८०को सम्बन्धमा उपसमितिले बुझाएको प्रतिवेदन माथि आज छलफल हुँदै छ । विधेयकका विवादित विषयमा सहमति जुटेपछि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेय पारित गर्ने गरी बैठक बोलाएको हो ।


समितिका सभापति अम्मर बहादुर थापाले विवादित विषयमा करिब करिब सहमति जुटीसकेको र बाँकी केही विषयमा आज २ बजेको बैठकले टुङ्गो लगाएर विधेयक पारित गर्न सकिने धारणा व्यक्त गरे । उनले प्रतिवेदन लेखनको काम करिब अन्तिममा आईसकेकोले आजै बैठक बसेर सबैको सहमति भए विधेयक पारित गर्न सकिने बताए ।


पछिल्लो समयमा सबै विषयमा टुङ्गो लगाउँदै गएपनि शिक्षकहरूको आवधिक बढुवाको विषय विवादित बन्दै आएको थियो । नेपाल शिक्षक महासङ्घले यस विषयमा असहमति जनाउँदै आएको थियो । महासङ्घले आवधिक बढुवाका लागि ९० अंक घटाउनु पर्ने माग राख्दै सरकारलाई दबाब दिँदै आएको छ ।


यसैगरी गत असार २२ गते विधेयक पारित गर्ने गरी बैठक बोलाइए पनि अन्तिम समयमा आएर शिक्षा मन्त्री रघुजी पन्तले रोकाका थिए । उनले बढुवाको सन्दर्भमा महासङ्घसँग छलफल गर्नुपर्ने भन्दै समय मागेका थिए । असार २२ यता विद्यालय शिक्षा विधेयक बारे कुनै छलफल भएको थिएन ।