सम्बन्धले बालबालिकाको शिक्षामा कस्तो प्रभाव पार्छ ?

काठमाडौँ /१७ साउन – सम्बन्ध ऐना हो, त्यसमा आफ्नो छवि देखिन्छ । असल सम्बन्ध नै बालबालिकाकाको लागी एक असल शिक्षा बन्छ, किनकि बालबालिकाले अरूको नक्कल गर्ने र आफ्नो आचरणमा परिवर्तन ल्याउन सहयोग गर्ने बानीको विकास घरमा भएका सदस्यले देखाउने व्यवहार र असल या खराब व्यवहार कस्तो शिक्षा लिइरहेको छ, त्यस परिवारको रहनसहन चालचलन, बोल्ने शैली सबै सिकीरहेका हुन्छन् । अभिभावकको झगडामा अभिभावकको जवाफ हामी झगडा गरे पनि तिम्रो पढ्ने काम हो पढिराख् पढ्नेलाई कसले छेक्छ र ? ति नाबालक नबालिकाले आफूलाई ध्यान दिए हुन्थ्यो भन्ने परिकल्पना गरिरहेको बेला पारिवारिक झगडाले उसको मन अशान्ति भइ पढ्न गाह्रो भएको कसले बुझने होला ? साँच्ची नै बालबालिकामा परिवारका सदस्यको नराम्रा बोली र व्यवहारले दिन प्रतिदिन उनीहरूका पढाईप्रति रुचि कम हुनुका साथै आफ्नो सिर्जनशीलता मार्दै गएका छन् । यसले आत्मीय सम्बन्धमा बाधा पुग्छ ।

एक जना बालक (नाम परिवर्तन) राम परामर्शमा आउँदै गर्दा उनको बोली यस्तो थियो “ मलाई पढ्न मन लाग्दैन किनकी बाबा ममी सधैँ झगडा गर्नु हुन्छ । म राती १२ बजे सुत्छु कहिले रात छर्लङ्गै हुन्छ । सधैँ किन झगडा गर्न हुन्छ ? नगर्नु भन्दा त नबोल् खुरुक्क कोठामा गएर पढेर बस भन्नु हुन्छ । तर म पढाइमा ध्यान दिन सक्दीन, झगडा गरेको शब्द याद आउछ । म टोलाउछु । सोचाइ धेरै आउँछ । मोबाइल रातभरी हेर्छु । कहिले झ्याल बाहिर हेरेर बस्छु । त्यसकारण “सम्बन्ध डिभोर्स मै किन नपुगोस् तर बालबालिकालाई उनीहरूको भविष्य र पढाइमा असर हुने गरी सम्बन्ध पक्कै असहज बनाउनु हुदैन ।


बालबालिकालाई बाल्यावस्थामा यती तनाव सिर्जना गर्ने सोच कसैको हुँदैन । तर बालबालिकालाई उनीहरूको सपना कोर्ने बेला हामीले चिन्ताको जडमा राखिदिएका छौँ कि ? विचार गरौँ । आजैबाट उनीहरूको असल आचरण, शिक्षा, असल बोली, सद्भाव र एक व्यवहारिक शिक्षामा आँच आउने काम गर्नु हुँदैन र चाहेका पनि हुँदैनौँ । कहिलेकाहीँ अभिभावकले गहिरिएर नसोच्दा बालबालिकाको बाल्यावस्था र शिक्षामा असर पो परिरहेका छौँ कि ? एक पटक सोचौँ त ।


दाजुभाई बिचको सम्बन्ध, दिदी बहिनी बिचको, आमा बुवा, साथिभाई बिचको सम्बन्ध आजभोलि सम्बन्ध जोगाउन र निभाउन निकै मुस्किल देखिन्छ । यी नै सम्बन्ध नाताका आधारमा बालबालिकाले सम्बन्ध कस्ते बनाउन पर्छ र यसको महत्व के कति हुन्छ भन्ने शिक्षा लिइरहेका हुन्छन । किनकी ति नातामा बाल्यकाल देखि नै कतिको महत्व दिन सक्यौँ अनी आफ्नोपनको भाव पैदा गर्न सक्यौँ भन्ने कुराले सम्बन्धको भविष्य निर्धारण गर्छ । पछिल्लो समय पति पत्नी बिचको सम्बन्ध अदालतसम्म पुग्नेको लाइन भेटिन्छ । आखिर किन यती स्वार्थको खेती हुँदैछ । पैसाका लागी जोडिएका नाता आफूले भने अनुसार नहुने बित्तिकै सम्बन्ध तोड्न किन हतार गर्छन मान्छे ? के त्यहाँ सम्बन्ध बचाउनका लागी कुनै उपाय नभेटिएका हुन त ? के एकतर्फ नाता जोगाउँदा जोगाउँदै टुटेको हो त ?


पैसा धन सम्पत्ति सम्बन्ध भन्दा ठुलो नहुन सक्छ । नाता सुमधुर भए पैसा कमाउन पनि त सकिन्छ, रमाउन पनि जानिन्छ । जुन घरमा मनमुटाउ, रिस र मौनता बढि छ त्यहाँ सम्बन्ध चिसिन्छ नै । जहाँ कुराकानी छलफल र एकअर्कोलाई बुझ्ने कोसिस गरिन्छ पक्कै सफलताको सिँढीमा चिढिन्छ । आजभोलि पैसाले मात्र खुसी मिलछ भन्नेको समूहमा पहिला सम्बन्धलाई बलियो बनाउ अनी पैसा त मिलेर कमाउन सकिन्छ भन्ने सोचको विकासको आवश्यकता छ । शिक्षा किताबी ज्ञानको किरो मात्र हुनु भएन । शिक्षा व्यवहारिक ज्ञान र सैद्धान्तिक ज्ञानकाको समिश्रण हो, एक बौद्धिक तथा असल नागरिक हुन र सीप सिकाउन सक्ने शिक्षाले नै जीवनलाई सार्थकता प्रदान गर्छ । जसभित्र सम्बन्धका हाँगाहरूले बालबालिका कुन तहमा शिक्षाको गतिलाई बढावा दिन सकिन्छ भन्ने निश्चितता पारिवारिक सम्बन्ध र उसले पाएको वरपरका सम्बन्धका लहराहरूबाट मात्र बालबालिकाको शिक्षामा प्रगतिको पथमा डो¥याउन सहयोग गर्छ ।


हामीले देखेका धेरै उदाहरणहरू छन । जुन घर शान्त परिवारमा आत्मीयता, सद्भाव र सम्बन्धलाई महत्व दिइएका छन ति घरका बालबालिकामा सर्वाङ्गीण विकास भएका बालबालिकाहरू भेटिएका छन् । जहाँ कलह झगडा तनाव वातावरण छ त्यहाँको वातावरणले बालबालिकाको व्यवहारमा समस्या साथै पढाई खस्किदै गएको धेरै उदाहरण देखेका छौँ । सम्बन्ध बनाउन र निभाउन जान्नु पनि एक व्यवहारिक शिक्षा हो ।


यहाँ पैसा धन भन्दा कमाउन भन्दा सम्बन्ध बनाउन धेरै समय खर्चनु पर्छ । किनभने जहाँ नाता, माया सद्भाव आदर सम्मान हुन्छ त्यहाँ हरेक काम गर्दा सफलताको सुत्र भेटिन्छ । भनिन्छ नि सम्बन्ध जोगाउन महिलाको हात जति हुन्छ त्यति नै पुरुषको पनि ठुलो हात हुन्छ । अरूलाई दोष भन्दापनि आफ्नो सोचाइका कारणले मनमा अशान्ति छाई सम्बन्ध चिसिन्छ । कहिलेकाहीँ हामी आफै आफ्नो लागी दोषी साबित भइदिन्छौँ । साँघुरो सोच, अरूको डाहा, रिस र ईष्र्याले आफैलाई जलाएका त छैनौ ? अनी मिलेरहेको भइरहेको सम्बन्ध चिस्याएको त छैन ?


कुनै सम्बन्ध जोगाउन सय प्रतिशत दिँदा पनि बचाउन सकिदैन । एकोहोरो रोटि पनि पाक्दैन भन्ने उखान त पक्कै सुनेकै छौँ । सच्चिनै आजभोलि पैसा, सौखिन जिन्दगी अनी देखावटी चलनले सम्बन्धलाई धरापमा परेको छ । कहाली लाग्दो कथाहरू यही समाजमा निकै भेटिन्छन । सच्चिनै कसले कसलाई दुख दिइरहेका छौँ त ? झगडा, रिस, डाहा, तिरस्कार, अपमान कसैलाई मन पदैन । आफूलाई मन नपर्ने चिज र व्यवहार अरूलाई पनि मन पर्दैन भन्ने बुझ्न जरुरी देखिन्छ । के भाषण दिइरहेको, मेरो ठाउँ बसेर हेर मैले सहन नसकेर छोडेको जोगाउन नसकेको हो भन्नेको जमात पनि भेटिन्छ । तर यति भन्न खोजिएको हो केही नाता नबोलेर जोगिन्छ कतै बोलेर अनि कुराकानी समाधानको ढोका खोलिन्छन् । एकअर्कोलाई सुन्ने र परिस्थितिलाई बुझ्ने कोसिस सबैले गर्नुपर्छ ।


जब अभिभावकको सम्बन्ध बिग्रिन्छ । तब बालबालिकामा मानसिक तनावको उत्पन्न हुन्छ । नाता बचाउन एकतर्फ प्रयासले बचाउन सकिदैन । सम्बन्ध बचाउन अपनाउनु पर्ने विभिन्न सुत्र छन् जसलाई पालना गर्न सके सम्बन्ध प्रगाढ हुन्छ । किन आज मन–मुटु सोचिएको नाता पलभरमै चकनाचुर हुन्छ ? त्यहाँ यी कुराहरूको कमिले समस्या उब्जन सक्दछ । त्यसैले समयमा नै आफ्नो मान्छे, आफ्नोपन र आत्मीयता बटुल्न वा बचाउन सिकौँ । सम्बन्धको सुन्दर संसारलाई बचाइराख्न सकिन्छ । सकारात्मक जति नै भएपनि नकारात्मक व्यक्तिको प्रभावले मनमा नकारात्मक स्वत आईदिन्छ अनि नकारात्मक सोचको तरङ्ग हाम्रो मस्तिष्कमा छिटो जान्छ । अरूलाई सकारात्मक बनाउछु अनी सम्बन्ध जोगिन्छ भन्दापनि आफू पहिला अरूप्रति नराम्रो सोच राख्दिन भनेर आफैलाई परिवर्तन गर्ने प्रयास चाहि छोडनु हुँदैन । हजारौँ प्रयास गर्दा पनि सम्बन्ध यथावत् राख्न सकिदैन । जब अपमान र तिरस्कार अनि हिस्सामा पर्दा पर्दै पनि सम्बन्ध बचाउन भन्न चाहि खोजीएको होइन । तर आफूले सक्दो र शरीर मन र मस्तिष्कले सहनसकुनजेलसम्म पक्कै बचाउने, जोगाउने कोसिस हरेक पक्षबाट गर्नुपर्छ ।


सकारात्मक सोच विकास गर्ने तरिकाहरू जस्तै :
१) आफैँसँग सुमधुर सम्बन्ध ।
२) आफ्नो अपेक्षा अनुरूपको व्यवहार अरूसँग गर्ने ।
३) वस्तु, धन, पद भन्दा सम्बन्ध मूल्यवान् ।
४) आफूमा ध्यान दिँदा खुसी अरूमा ध्यान दिँदा दुखी नहुने ।
५) पारदर्शिता, आर्थिक कारोबारको प्रस्टता हुने कोसिस गर्ने ।
६) घटना र परिस्थितिलाई पाठ र अवसरको रूपमा लिने ।
७) व्यवहारिक र समस्या आउँदा मिलेर कार्य गर्ने ।
८) एकअर्कोलाई सुन्ने र बुझने ।
९) आफूलाई हेरचाह ख्याल कसले गरेको छ, कृतज्ञता प्रकट गर्ने ।
१०) पारिवारिक छलफल चित्त नबुझेका कुरा राख्ने ।
११) दैनिक व्यायाम र स्वस्थ खानामा जोड दिने ।
१२) हेरचाह, माया आपैmलाई गर्ने अनी अरूलाई सहयोग र हेरचाह गर्ने
१३) परिवारको जिम्मेवारी कामको बाँडफाँड बराबर लिने र दिने ।
१४) सँगै बसेर खाना खाने ।
१५) परिवारबिचको व्यवहारिक कुरा सबैबिच विचार राख्ने ।
यस्ता परिवारभित्रका वा आमा बाबुका अनेक सकारात्मक व्यवहारले बालबालिकालाई घरभित्र तथा बुवा आमाको कस्तो सम्बन्ध छ त्यहाँबाट नै उनीहरूले आफ्नो व्यवहार निर्माण गर्न सकारात्मक प्रेरणा मिल्छ । जब अभिभावकले बालबालकाको अगाडि रमाइलो कुराकानी, छलफल अनी विचारको आदानप्रदान गर्छन बालबालिकाले पनि त्यस्तै सिक्दै जान्छन् । तर उनीहरू झगडालु परिवारमा छन् भने सोही अनुरूप व्यवहार त्यस्तै निर्माण हुन्छ । त्यसैले केही चित्त नबुझेका कुरा छन भने दम्पती बिच गोप्य रूपमा समस्या सल्टाउने कोसिस गर्नुपर्छ ।


रुखो बोली अभद्र व्यवहार अनि अरूको कुरा नसुन्ने बानी भएमा बालबालिकाले सानै देखि त्यस्ता बानी व्यवहारमा परिणत गर्दछन र व्यवहारजन्य समस्याहरू आउन सक्दछन । बालबालिकाको ० देखि ८ वर्षसम्म आचरण, सदाचार, सद्भाव, सम्मान तथा आदर कदर, स्वअनुशासित हुने, सिप सिक्ने र व्यवहार जन्य सकारात्मक सिपको विकास हुने उमेर भएकाले अभिभावकले अरूसँग गर्ने व्यवहारमा बिचार राख्नुपर्छ । आजभोलिका बालबालिकामा झन विभिन्न व्यवहारजन्य समस्या दिनप्रतिदिन थपिदैछन । मोबाइलको अत्यधिक प्रयोग, व्यस्त अभिभावक अनी सहरीकरण तथा देखासिकी र बालबालिकालाई आवश्यकता भन्दा बढी दिइएको सुविधाले आफै मेहनत गरी अगाडि बढन मुस्किल पर्ने देखिन्छ । भने अनुसारको जिन्दगी नचल्दा बालबालिकामा निराशा, तनाब, डर आदीको विकास भई व्यक्तित्व विकासमा बाधा पुग्छ । त्यसले बालबालिकालाई केही अभाव पनि देखाउन आवश्यक छ ।


आजभोलि धेरै अभिभावकले महसुस गर्नुभएकै छ । बालबालिकामा धर्यता भेटिदैन । सानो कुराले मनमा तनाव लिन्छन् । अभिभावक भन्दा साथीभाई अनि आफ्नो मात्र र आफूले भनेअनुसार सबै चिज चाहिएको आत्मीय सम्बन्धको निकै कमी भेटिन्छ । सच्चिनै यो बुझ्न सकिन्छ कि बालबालिकालाई हामीले सिकाएको सम्बन्धको पाठ कमजोरी भएकै हुन् । आफ्ना बिचको आत्मीयता, बुवा आमा प्रतिको जिम्मेवारी र दायित्व अनी स्वमुल्याँकन, दैनिक गरिने नित्यकर्म अनी बाल्यकाल देखि दिएको संस्कार र सम्बन्धको महत्व कस्तो सिप सिकायौँ त्यसमा निर्भर गर्छ ।


सम्बन्ध र परिवार भनेको परिपूरक हुन । परिवारमा एकअर्कोकाको भावनाको कदर गर्न सिक्न जरुरी छ । होइन भने सम्बन्धमा दरार र बिछोड निश्चित छ । सम्बन्धलाई असल र सकारात्मक बनाउनका लागी बाल्यकाल देखि नै यसको महत्व, सुमधुरता, सहनशीलता, धैर्ययता, आफ्नोपन, सत्कर्म, आभास, भाव, सदाचार, सम्मान , माया प्रेम आदी बाल्यकालको अवधीमा सिकाउनु पर्ने सिप हुन । यीनै सीपको अभावमा परिपक्व उमेरमा सम्बन्ध टिकाउन गाह्रो हुने गर्छ ।


भइरहेका नाता सम्बन्ध र साथ र हेरचाह भोलि नपाइनसक्छ त्यसैले आजसँगै जिउने कोसिस गरौँ । भूतकाललाई भन्दा वर्तमानसँग बाच्न सिकेको मान्छेले भविष्यमा पक्कै सफलता प्राप्त गर्न सक्छ । आज स्वास फेर्न पाएको छ, यतीसम्म भएपनि सहजता भएको छ । हातखुट्टा चलेका छन । कर्म गर्न पाएको छु । अरूले जे गरुन तर मैले सेवाका भावले सहयोग गर्न पाएको छु । म आज हु । भोलि कसैले देखेको छैन । आजलाई सम्मान गरौँ । चाहे समय होस या सम्बन्ध तब मात्र जीवनमा सहजता र पूर्णता भएको महसुस गर्न सक्छौँ ।


जब अभिभावकबिच, आफन्तबिच परिवारका सदस्यबिच सम्बन्ध राम्रो हुन्छ तब बालबालिकामा आत्मबल , साहस, आत्मविश्वास, सुरक्षा, आत्मसम्मान, संरक्षण, सहनशीलता, धैर्ययता, मिलनसार, सत्कर्म र शिक्षाका लागि सहि बाटो पहिल्याउन सक्छन । एक असल नागरिक हुन व्यवहारिक शिक्षा र औपचारिक शिक्षाको आवश्यकता पर्छ । कहिलेकाहीँ हामी व्यवहारिक शिक्षालाई भन्दा सैद्धान्तिक शिक्षामा जोड दिन थाल्यौँ भने बालबालिकामा एक सभ्य र असल व्यक्तित्व निर्माण गर्न फितलो हुनसक्छ । त्यसैले कुनै पनि सम्बन्धले गर्दा शिक्षा हासिल गर्नमा अवरोध वा अप्ठेरोमा पार्नु हुँदैन । “पूर्ण कोही हुँदैन, तर प्रयास गर्न चाहिँ छोड्नु हुँदैन” ।


(लेखक सुशीला नेपाल, परामर्शकर्ता तथा प्रारम्भिक बालविकास विज्ञ हुन् ।)