स्टिम शिक्षा : शिक्षण गर्ने तरिका र सञ्चालन गर्ने चरणहरू

काठमाडौं/२८ असार- STEAM Education एक अन्तरविषयक शिक्षण सम्बन्धी दृष्टिकोण हो । यसले विज्ञान (Science), प्रविधि (Technology), इन्जिनियरिङ (Engineering), कला (Arts) र गणित (Mathematics) लाई एकीकृत गर्दछ । यसले व्यावहारिक, परियोजना–आधारित शिक्षणलाई जोड दिन्छ । विद्यार्थीहरूलाई यी पाँच विषयहरूबीच सम्बन्ध बनाउन सिकाई अध्ययनमा सहजीकरण गराउँछ । परम्परागत विषय–आधारित शिक्षामा भन्दा STEAM Education रचनात्मक, समस्या समाधान, सिर्जनात्मक र नविन सोचप्रति जोड दिन्छ । STEAM Education ले वास्तविक संसारको प्रयोगमा मिलेर काम गर्न सिकाउँछ ।

इतिहास

STEAM Education ले शिक्षा र कार्यप्रक्रियाको तयारीमा महत्वपूर्ण परिवर्तनलाई प्रतिनिधित्व गरेको हुन्छ । STEAM Education को आधार (विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित) बाट सुरु भएको पाइन्छ । अमेरिकाको राष्ट्रिय विज्ञान फाउन्डेसनले १९९० को दशक तिर “STEM” शब्द बनायो । यसको उद्देश्य विद्यार्थीहरूमा वैज्ञानिक सोच, गणनात्मक कौशल र नवप्रवर्तनशीलता विकास गर्नु रहेको छ । STEAM शब्दको प्रयोग सबैभन्दा पहिले अमेरिकी शिक्षाविद् Georgette Yakman ले सुरु गरेकी थिइन् । उनले STEAM लाई “Science and Technology, interpreted through Engineering and the Arts, all based in Mathematical elements” भनेर परिभाषित गरिन् ।

२००० को दशकमा, STEM Education ले नीतिगत रुपमा गति लिन थाल्यो । एकीकृत विज्ञान र गणित शिक्षणलाई प्रवद्र्धन ग¥यो । विद्यालयहरूले परियोजनामाआधारित शिक्षा र वास्तविक–संसारको समस्या समाधानका लागि यस्ता विषयहरू जोड्ने कार्यक्रमहरू विकास गर्न थाले । STEM बाट STEAM मा रूपान्तरण गर्ने कार्य सन् २००६ तिर भयो । शिक्षाविद्हरू र अनुसन्धानकर्ताहरूले रचनात्मकता र कलात्मक सोचमा महत्वपूर्ण योगदान दिए । रोड आइल्यान्ड स्कूल अफ डिजाइन (RISD) ले यस कार्यमा मुख्य भूमिका खेलेको पाइन्छ ।

विद्यालयले STEM शिक्षामा कला र डिजाइन थप्ने अभियान सुरु ग¥यो । बिस्तारै STEAM Education शिक्षाले औपचारिक मान्यता पायो । कलाको एकीकरणलाई अनुसन्धानले सहयोग ग¥यो । रचनात्मक सोचले समस्या समाधान गर्ने क्षमता विकास ग¥यो भने STEM विषयहरूलाई बढी आकर्षक र विविधतायुक्त विद्यार्थीहरूका लागि पहुँचयोग्य बनायो । यस दृष्टिकोणले STEM क्षेत्रहरूमा अधिक रचनात्मक, नविनतम सोचको आवश्यकता जोड दियो । वर्तमान अवस्थामा STEAM Education विश्वव्यापी रूपमा अपनाइएको छ । दक्षिण कोरिया, सिंगापुर, विभिन्न युरोपेली राष्ट्रहरूले राष्ट्रिय रुपमै STEAM रणनीतिहरू लागू गरेका छन् ।

कोभिड १९ को महामारीले STEAM Education अपनाउनेलाई थप गति दियो । डिजिटल उपकरणहरू र भर्चुअल रियालिटीले STEAM Education का सम्भावनाहरू विस्तार गरेको छ । विद्यार्थीहरूलाई गहन, रचनात्मक अनुभवहरू मार्फत कठिन अवधारणाहरू अन्वेषण गर्न सहज बनाउँछ । समकालीन चुनौती र अवसरहरूलाई आधुनिक STEAM Education ले शिक्षण क्रियाकलापको तयारी, स्रोत उपयोग र मूल्याङ्कन विधिहरू उपयोग गरेको छ । यो कृत्रिम बुद्धिमत्ता, बायोटेक्नोलोजी र दिगो डिजाइन जस्ता उदीयमान प्रविधिहरूसँग विकसित भइरहेको छ । यसले २१ औं शताब्दीका शिक्षा सम्बन्धी चुनौतीहरूलाई अन्तरविषयक सोच र प्राविधिक सिपहरूबीच सामञ्जस्यता कायम गर्नुपर्छ भन्ने बुझाइलाई प्रतिबिम्बित गरेको छ ।

विद्यालय तहमा STEAM Education शिक्षण

यो Science (विज्ञान), Technology (प्रविधि), Engineering (ईन्जिनियरिङ), Arts (कला) र Mathematics (गणित) को एकीकृत शिक्षण पद्धति भएकोले विद्यार्थीहरूलाई वास्तविक जीवनका समस्याहरू समाधान गर्न सिकाउँछ । यसले रचनात्मकता, सिर्जनात्मक सोच र सहयोगको विकास गरेको छ । यसबाट हुने फाइदा र शिक्षण गर्ने तरिका निम्नानुसार रहेका छन्ः

(१) विद्यार्थीहरूका लागि फाइदाहरू

(क) व्यावहारिक शिक्षाः सिद्धान्तलाई व्यवहारमा लागू गर्ने अवसर प्राप्त हुन्छ ।

(ख) समस्या समाधान क्षमताः जटिल समस्याहरूको रचनात्मक तवरले समाधान खोज्न सकिन्छ ।

(ग) समूह कार्यः समूहमा काम गर्ने बानीको विकास हुन्छ ।

(घ) भविष्यका लागि तयारीः डिजिटल युगका लागि आवश्यक सिपहरूको विकास गर्न सकिन्छ ।

(२) शिक्षकहरूका लागि फाइदाहरू

(क) नविन शिक्षणः परम्परागत शिक्षणबाट भिन्न र रोचकतापूर्वक शिक्षण गर्न सकिन्छ ।

(ख) अन्तरविषयक दृष्टिकोणः विभिन्न विषयहरूको एकीकरण शिक्षण गर्न सकिन्छ ।

(ग) विद्यार्थीहरूको सक्रिय सहभागिताः शिक्षण क्रियाकलापमा विद्यार्थीहरु बढी व्यस्त हुन्छन् ।

शिक्षण गर्ने तरिकाहरू

१. प्रोजेक्ट–आधारित शिक्षण : विद्यार्थीहरूलाई वास्तविक समस्याहरू दिएर समाधान खोज्न लगाउने गर्नुपर्छ ।

२. काम आधारित सिकाइ : सिकाइलाई मूर्त रूप दिन प्रयोगशाला, मोडेल बनाउने जस्ता गतिविधिहरूमा विद्यार्थीहरुलाई संलग्न गराउनुपर्छ ।

३. समूहगत कार्य : समूहमा काम गरेर समस्या समाधान गर्ने परिपाटीको विकास गराउनुपर्छ ।

४. सिर्जनात्मक कार्यः समस्या पहिचान, समाधानमुलक खोज र परीक्षण गर्ने प्रक्रियामा समावेश गराउनुपर्छ ।

STEAM सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्ने चरणहरू

१. तयारी

(क) उद्देश्य निर्धारणः के सिकाउने हो सो कुरा स्पष्ट गर्ने,

(ख) सामग्री व्यवस्थाः आवश्यक सामानहरू जुटाउने,

(ग) समय तालिकाः गतिविधिको लागि पर्याप्त समय दिने ।

२. परिचय

(क) समस्या प्रस्तुत गर्नेः वास्तविक जीवनसँग जोडिएको समस्या प्रस्तुत गर्ने,

(ख) लक्ष्य स्पष्ट पार्नेः विद्यार्थीहरूले के हासिल गर्ने हो सो बताउने,

(ग) समूह बनाउनेः ३–५ जनाको समूह वा आवश्यकता अनुसार समूह निर्माण गर्ने ।

३. अनुसन्धान र योजना

(क) जानकारी सङ्कलनः समस्याका बारेमा बुझ्ने,

(ख) समाधान खोज्नेः विभिन्न विकल्पहरूको मूल्याङ्कन गर्ने,

(ग) योजना बनाउनेः कार्यक्रम र जिम्मेवारी बाँडफाँड गर्ने ।

४ निर्माण

(क) प्रोटोटाइप बनाउनेः पहिलो मोडल बनाउने,

(ख) परीक्षण गर्नेः काम गर्छ कि गर्दैन,

(ग) सुधार गर्नेः समस्याहरू समाधान गर्ने ।

५. प्रस्तुति

(क) परिणाम प्रस्तुत गर्नेः कक्षाहरूमा प्रस्तुत गर्ने,

(ख) सिकाइमा छलफल गर्नेः के–के सिके आपसमा छलफल गर्ने,

(ग) प्रतिक्रिया लिनेः सुधारका सुझावहरू लिने र सुधार गर्ने ।

आवश्यक स्रोत र सामग्री (नमूनाका रुपमा)

(१) आधारभूत सामग्री

(क) कागज र कलमः डिजाइन र योजना बनाउन,

(ख) कैंची र ग्लूष्टिकः काट्न र टाँस्न,

(ग) मापन औजारः रुलर, कम्पास आदि ।

(घ) रंग र ब्रशः कलात्मक कामका लागि उपयोग गर्न ।

(२) प्राविधिक सामग्री

(क) कम्प्युटर/ल्यापटपः रिसर्च र डिजाइन

(ख) Arduino/Raspberry Pi : प्रोग्रामिङ प्रोजेक्ट

(ग) सेन्सरः तापमान, प्रकाश, आवाज

(घ) मोटर र LEDM इलेक्ट्रोनिक प्रोजेक्ट

(३) सामान्य सामग्री

(क) रिसाइकल सामग्रीः प्लास्टिक बोतल, कार्डबोर्ड आदि ।

(ख) प्राकृतिक सामग्रीः काठ, ढुङ्गा, बालुवा आदि ।

(ग) किचन सामग्रीः नुन, चिनी, तेल (प्रयोगका लागि) आदि ।

मूल्याङ्कन (Assessment)

(१) प्रक्रिया मूल्याङ्कन

(क) सहयोगः समूहमा काम गर्ने क्षमता

(ख) समस्या समाधानः कसरी समस्या समाधान गरे

(ग) रचनात्मकताः नयाँ सोच विचारहरू

(घ) अनुसन्धानः जानकारी सङ्कलन र प्रयोग

(२) परिणाम मूल्याङ्कन

(क) कार्यक्षमताः बनाएको वस्तु काम गर्छ कि गर्दैन ?

(ख) डिजाइनः सुन्दर र व्यावहारिक छ कि छैन् ?

(ग) प्रस्तुतिः स्पष्ट र प्रभावकारी छ कि छैन् ?

(घ) सिकाइः के–के सिके भन्ने कुरा लिने ।

(३) मूल्याङ्कन उपकरण

(क) रुब्रिकः विभिन्न पक्षहरूमा अङ्क प्रदान गर्न

(ख) पोर्टफोलियोः काम गरेका सबै सामग्री

(ग) प्रतिबिम्बः विद्यार्थीको आफ्नै मूल्याङ्कन

(घ) साथीहरूको मूल्याङ्कनः एकअर्काको काम हेरेर

शिक्षकहरूका लागि सुझावहरू

(१) सुरुवाती चरणमा

(क) सानो शुरुवातः सरल प्रोजेक्टबाट सुरु गर्ने

(ख) धैर्य राख्नेः गल्ती र असफलताबाट सिकिने कुरा

(ग) सहयोग खोज्नेः अन्य शिक्षकहरूसँग मिलेर काम गर्ने

(२) कक्षा व्यवस्थापनमा

(क) लचिलो हुनेः योजना अनुसार नभए पनि लक्ष्य अनुसार अगाडी बढने

(ख) प्रोत्साहन दिनेः विद्यार्थीहरूलाई प्रेरणा दिने

(ग) समय दिनेः रचनात्मक काममा समय दिने

(३) निरन्तर सुधार

(क) प्रतिक्रिया लिनेः विद्यार्थीहरूबाट सिक्ने

(ख) अनुभव आदानप्रदान गर्नेः अन्य शिक्षकहरूसँग अनुभव आदान प्रदान गर्ने

(ग) नयाँ कुरा सिक्नेः नयाँ प्रविधि र तरिका अपनाउने

विद्यालय तहका लागि STEAM Education सम्बन्धी उदाहरणहरू

(१) मेरो सपनाको घर (कक्षा १ देखि ३) उद्देश्यः आधारभूत आकार, रंग र संरचना सिकाउने क्रियाकलापहरु

(क) ScienceM : घरमा प्रयोग हुने सामग्रीहरूको गुणहरू

(ख) Technology : सरल औजारहरूको प्रयोग तरिका

(ग) Engineering : घरको संरचना डिजाइन, आकार

(घ) ArtsM : घरलाई सुन्दर बनाउने तरिका

(ङ) MathematicsM आकार, साइज र गणना

सामग्रीः रंगीन कागज, ग्लुष्टिक, कैंची, रंग आदि ।

समयः २ देखि ३ दिन

(२) पानीको शुद्धीकरण (कक्षा ४–५) उद्देश्यः वैज्ञानिक पद्धति र पर्यावरण चेतनामुलक जानकारी क्रियाकलाप

(क) Science: पानीको शुद्धीकरण प्रक्रिया

(ख) Technology : फिल्टर बनाउने

(ग) Engineering : प्रभावकारी फिल्टर डिजाइन

(घ) Arts : पोस्टर बनाएर जानकारी दिने

(ङ) Mathematics : पानीको मात्रा र प्रतिशत गणना

सामग्रीः बालुवा, ढुङ्गा, कपडा, प्लास्टिकको बोतल आदि ।

समयः १ हप्ता

(३) रोबोट बनाउने (कक्षा ६–७) उद्देश्यः प्रोग्रामिङ र मेकानिक्सको आधारभूत ज्ञान क्रियाकलापः

(क) Science : मोटर र सेन्सरहरूको काम

(ख) Technology : आधारभूत प्रोग्रामिङ

(ग): Engineering : रोबोटको संरचना डिजाइन

(घ) Arts: रोबोटको बाहिरी रूप

(ङ) Mathematics : एल्गोरिदम र तर्क

सामग्रीः ब्चमगष्लयरःष्अचयस्दष्त, सेन्सर, मोटर आदि ।

समयः २ देखि ३ हप्ता

(४) स्मार्ट सिटी प्रोजेक्ट (कक्षा ८) उद्देश्यः शहरी समस्याहरूको समाधान क्रियाकलापहरुः

(क) Science : ऊर्जा र वातावरण

(ख) Technology: IoT (Internet of Things) र सेन्सर नेटवर्क

(ग) Engineering : यातायात र भवन डिजाइन

(घ) Arts: शहरको नक्शा र मोडेल

(ङ) Mathematics : डेटा विश्लेषण र ग्राफ

सामग्रीः कम्प्युटर, सेन्सर, मोडेल सामग्री आदि ।

समयः १ महिना

(५) जैविक ऊर्जा उत्पादन (कक्षा ९–१०) उद्देश्यः नवीकरणीय ऊर्जाको अनुसन्धान क्रियाकलापः

(क) Science : बायोग्याँस र फर्मेन्टेशन

(ख) Technology : ग्याँस कलेक्टर सिस्टम

(ग) Engineering : बायो–रिएक्टर डिजाइन

(घ) Arts: जानकारीमूलक भिडियो बनाउने

(ङ) Mathematics : दक्षता र लागत गणना

सामग्रीः जैविक फोहोर, प्लास्टिक कन्टेनर, ट्यूब आदि ।

समयः ६ हप्ता

(६) मेडिकल डिवाइस इनोभेसन (कक्षा ११ र १२) उद्देश्यः स्वास्थ्य समस्याको प्राविधिक समाधान क्रियाकलापः

(क) Science : मानव शरीर र रोग

(ख) Technology : सेन्सर र डेटा कलेक्शन

(ग) Engineering : उपकरण प्रोटोटाइप

(घ) Arts: यूजर इन्टरफेस डिजाइन

(ङ) Mathematics : स्ट्याटिस्टिक्स र डेटा मोडेलिङ

सामग्रीः माइक्रोकन्ट्रोलर, मेडिकल सेन्सर, थ्रि डि प्रिन्टर आदि ।

समयः ३ महिना

निष्कर्ष

STEAM Education भनेको केवल प्रविधिको प्रयोग मात्र नभएर विद्यार्थीहरूलाई भविष्यका लागि तयार पार्ने समग्र दृष्टिकोण हो । यसले शैक्षिक उपलब्धिलाइ बढाउँछ । रचनात्मकता, सहयोग र सिर्जनात्मक सोचको विकास गर्छ । विद्यालयहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि शिक्षकहरूको तयारी, आवश्यक स्रोतहरूको व्यवस्था र नीतिगत सहयोग आवश्यक पर्दछ । STEAM Education को मूल भावना बुझेर त्यसलाई सिकाइमा ढालेर प्रयोग गर्नु आजको आवश्यकता हो । यो यात्रामा शिक्षक र विद्यार्थी दुवैले मिलेर सिक्न र अगाडी बढ्न सक्छन् ।

(लेखक खिलानाथ धमला, पाठ्यक्रम विकास केन्द्रका विज्ञ हुनुहुन्छ ।)