एसईई परीक्षाफलमा सकरात्मक परिवर्तन

काठमाडौं/२७ असार – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार देखिएको छ । परीक्षामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थीले ग्रेड पाएका छन् । गतवर्षको तुलनामा झण्डै १३ प्रतिशत वृद्धी भएको छ । एकैवर्षमा यतिका धेरै विद्यार्थी उतिर्ण भएका छन् । अधिकांश सरोकारवालाले प्रधानमन्त्रीदेखि, शिक्षक, विद्यार्थी र अभिभावक लगायतले गम्भीर चासो देखाएको कारण परीक्षाफलमा सुधार आएको छ ।


प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण गर्ने शैलीमा परिवर्तन भएको कारण उतिर्ण प्रतिशत बढेको हो । शिक्षाविद् प्राडा वालचन्द्र लुईटेलले शिक्षकले कक्षा कोठामा शिक्षकको उपस्थिति नियमित भएको पढाउने शैलीमा परिवर्तन र परीक्षाको विषयमा विद्यार्थीलाई लगातार जनचेतना बढाएको कारण सकरात्मक परिवर्तन भएको बताउनुभयो ।


गतवर्षको लेटरग्रेडिङ प्रणालीमा आएको परिवर्तनको कारण उत्कृष्ट परीक्षाफल आएको धारणा पुर्व शिक्षा सचिव डा खगराज बरालको छ । उहाँ भन्नुहुन्छ–लेटरग्रेडिङ प्रणाली लागुहुनुअघि सबै विद्यार्थी पास हुने शासमा पढाई खस्केको थियो । ‘अहिले एनजी (नन इलिजेवल) को व्यवस्था गरेपछि सुधार भएको छ ।


नयाँ व्यवस्था अनुसार एनजी आए फेरी परीक्षा दिनुपर्ने हुन्छ । अर्थात एनजी भन्नाले अनुतिर्ण वा सो सरह हो । एनजी ल्याउने विद्यार्थीले फेरी परीक्षा दिनुपर्ने भएपछि विद्यालयले पढाईमा कडाई गर्न थालेको हो ।


एनजीको व्यवस्थासंगै पास हुनेगरी पढाउने संस्कारमा वृद्धी भएपछि उतिर्ण प्रतिशत बढ्नु स्वभाविक भएको उहाँको धारणा थियो । ६१ प्रतिशत पुगेको छ । आउँदो वर्ष थप वृद्धी भएमा परीक्षामा सुधार भएको मान्न सकिने बरालको धारणा थियो । गतवर्ष झण्डै ४८ प्रतिशतमात्र थियो । यो वर्ष ६१ प्रतिशत पुगेको छ । यसलाई बढाउन थप योजनाअघि बढाउने तयारी सरकारको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले पढाईको स्तरमा सुधार भएकोले परीक्षाफलमा पनि सुधार आएको दाबी गर्नुभयो । भन्नुभयो–सरकारको मेहेनतको कारण परीक्षाफलमा सुधार भएको हो । यही अवस्थाकै परीक्षाफलमा सुधार गर्न सरोकारवालेले अथक प्रयास अनिवार्य छ ।


अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिले ब्यापक सुधार भएछ भन्ने अवस्था नभएको दाबी गर्नुभयो । ‘अर्कोवर्ष कस्तो नतिजा आउछ त्यसपछि मात्र भन्न सकिन्छ’–उहाले भन्नुभयो । यतिधेरै प्रतिशत बढ्नुमा शंका छ । ‘कृपाङक बढी दिएको हो कि ? सुधार भएको हो । भन्ने विषयमा अझै विष्लेषण गर्ने अवस्था भएको छैन–उहाको भनाई थियो ।


एकवर्षमा १० प्रतिशत बढ्छ, एकैपटक यतिधेरै ग्राफ कसरी माथि आयो ? १३ प्रतिशत किन बढ्यो ? भन्ने विषयमा अझै अनुसन्धान गर्नुपर्ने उहाको भनाई छ । आगामीवर्ष यही अनुसार बढे परीक्षाफलको प्रतिशत बढेको स्वीकार हुन्छ, हैन भने अनुसन्धान नगरी भन्नु उचित हुदैन–भण्डारीको भनाई थियो । ‘गत वर्षको नतिजाले डरलाग्दो अवस्था देखाएको थियो । योवर्ष केही सुधारको संकेत देखाएको छ । सकारात्मक भएको सबैको धारणा थियो ।


राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा सुधार भएको भन्दै ६१ प्रतिशत उतिर्ण गराएको हो । यो वर्ष नियमिततर्फ ४ लाख ३८ हजार ८ सय ६ जनासहभागी थिए । गत वर्ष ४७ दशमलव ८७ प्रतिशतमात्र उत्तीर्ण भएका थिए । २०८१ सालको एसईईको तुलनामा यसवर्ष १३ दशमलब ९५ प्रतिशत बढी उत्तीर्ण छन् ।


गतवर्ष २ लाख २२ हजार ७ सय ७२ जनाले ननग्रेड (एनजी) पाएका थिए। यस वर्ष १ लाख ६७ हजार ५ सय ९७ जनाले ननग्रेड पाएका छन। ननग्रेड ल्याएका विद्यार्थीले आगामी साउन २९ गते पुरक परीक्षा दिने व्यवस्था गरेको छ। यो वर्षबाट गतवर्ष जारी निर्देशिकामा भएको संसोधनकै आधारमा मौका परीक्षा मा सहभागी हुन पाउनेछन् । यो वर्षबाट दुईवटामात्रै होइन जतिवटा विषय लागेपनि पुरक परीक्षामा सहभागि हुन पाउनेछन ।


अघिल्लो बर्ष भएको संशोधनले दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्थालाई बदलेर श्रेष्ठले दुई भन्दा बढी विषयमा नन्ग्रेडेड ल्याउने विद्याथीले मौका परीक्षामा सहभागि हुन पाउनेछन् ।


यो वर्षको परीक्षामा सबैभन्दा धेरै नन्ग्रेडेड ल्याउने प्रदेशमा मधेशप्रदेश हो । मधेस प्रदेशमा नियमिततर्फ सहभागी ५९ हजार सात सय ४९ विद्यार्थी मध्ये ४२ हजार ७ सय ७९ जना नन्ग्रेडेड भएका बोर्डले जनाएको छ । सबैभन्दा कम बागमतीमा ननग्रडेड ल्याएको हो ।


बागमतीमा परीक्षामा सहभागी १ लाख १९ हजार ५ सय १७ विद्यार्थी सहभागी भएकोमा २० हजार ९ सय ४७ जना नन् ग्रेडेड भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४७ हजार ८ सय ४९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ११ हजार ३ सय २८ विद्यार्थी नन् ग्रेडेड भएका छन् ।


एनजी उल्लेख भएका विद्यार्थी अनुतिर्ण सरह हुन । उनीहरुले पुनः उतिर्ण भएपछि मात्र माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था छ । सरकारले लेटर ग्रेडिङ प्रणाली –२०७८ लागु गराएपछि पहिलो पटक यस्तो व्यवस्था भएको हो । ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।