तोकिएको शैक्षिक समय भित्र पास गर्न नसकेका विद्यार्थीलाई विशेष मौका परीक्षा

काठमाडौँ /२३ असार – त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले तोकिएको शैक्षिक समय सीमा भित्र तह पार गर्न नसकेका विद्यार्थीका लागि विशेष मौका परीक्षा सञ्चालन गर्नै भएको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान विद्यापरिषद् स्थायी समितिको जेठ २६ गते बसेको बैठकले सो निर्णय गरेको हो ।


इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा सञ्चालित विभिन्न स्नातकोत्तर तहमा भर्ना भई तोकिएको शैक्षिक समय सीमा भित्र तह पार गर्न नसकेका विद्यार्थीहरूलाई शोध प्रबंधको लागि मात्र विशेष मौका परीक्षाको व्यवस्था गर्ने गरी निर्णय भएको जनाइएको छ ।


निर्णयानुसार विशेष मौका परीक्षामा सामेल हुन चाहने बिद्यार्थीहरूले साउन ०४ गते देखि २०८२ भाद्र ०३ गतेसम्म परीक्षा नियन्त्रण महाशाखा, चाकुपाट, ललितपुरमा सम्पर्क राखी परीक्षा फाराम भर्न सक्ने छन् ।