काठमाडौं/१५ जेठ – अर्थ मन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइेनका लागि शैक्षिक उत्थान कार्यक्रम सञ्चालन गरिने जनाएका छन् । मंगलबार संघीय संसदमा आर्थिक वर्ष २०८२/०८३ को वजेट भाषण गर्दै सो घोषणा गरेका हुन् ।
कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा कम्तिमा एक विद्यालय पर्ने गरी शैक्षिक नतिजाका आधारमा शैक्षिक उत्थान कार्यक्रम सञ्चालन गरिने त्यस्ता विद्यालयलाई नतिजा सुधारका लागि सहयोगको व्यवस्था मिलाईने छ । त्यसका लागि प्रतिविद्यालय २५ लाख अनुदान दिइने ।



