काठमाडौं/१८ बैशाख – हिजो मात्रै सरकार र नेपाल शिक्षक महासङ्घ बिच भएको सहमतिमा नेपाल विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासङ्घले गरेको सम्झौतामा असहमति जनाएको हो ।
फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको विज्ञप्ति मार्फत भर्सना गरेको छ ।
साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरू सार्वजनिक गरिने जनाएको छ ।



