आन्दोलनरत शिक्षक र प्रहरीबिच झडप, ६५ जना बढी घाइते

काठमाडौँ /१४ बैशाख – आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरी र शिक्षक बिच आज झडप भएको छ । झडपमा ६५ जना भन्दा बढी घाइते भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।


उनका अनुसार ५, ६ जान गम्भीर घाइते भएको बताए । घाइतेहरूको अहिले सिभिल हस्पिटल, एभरेस्ट हस्पिटल र ट्रमा सेन्टरमा उपचार भईरहेको अधिकारीले जानकारी दिए । साथै घुसपैठ हुँदा झडपको स्थिति आएको महासङ्घको भनाई । यसै विषयमा महासङ्घको अहिले ३ बजे राष्ट्रिय समितिको बैठक बोलाइएको अधिकारीले जानकारी दिए । शिक्षक गोबिन्द बर्तौलालाई गम्भिीर चोट लागेपछि उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।


यसैगरी शिक्षकको आन्दोलनको क्रममा पत्रकार सबिना कार्की पनि घाइते भएकी छन् । अहिले तिलगंगा आँखा अस्पतालमा उनको उपचार भईरहेको छ । रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबिचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।


शिक्षकहरूले सरकारसँग भएको सहमति सम्बोधन गरेर शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग सहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् ।