काठमाडौँ /८ बैशाख – शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
नेपाल शिक्षक महासंघको सडक आन्दोलन चर्कि रहेका बेला उनले आज राजिनामा दिएकी हुन् । शिक्षकहरुका केही मागका विषयहरु आजै मन्त्रिपरिषद्मा लगिददै थियो । उनि गत असार ३१ गते शिक्षा मन्त्रीमा नियुक्त भएकी थिइन ।



