घर घरमा बुद्ध शिक्षा पु¥याउने उदेश्यले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान

लुम्बिनी/१६ चैत – लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु गरेको छ । विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायले विद्यालयमा बौद्ध शिक्षा अभियानको सुरुवात गरेको हो ।


समाजको सकारात्मक रुपान्तरणका लागि उक्त अभियानको सुरुवात गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले अध्ययन अध्यापन मात्रै नगराएर घर घरमा बुद्ध शिक्षा पु¥याउन खोजिरहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले बताए ।


कायक्रममा बौद्ध शिक्षाको महत्व र पाठ्यक्रमबारे प्रस्तुति दिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायका डीन डा माणिकरत्न शाक्यले आधारभूत तहका विद्यार्थीलाई मध्यनजर गरी कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यक्रम बनाइएको जानकारी दिए ।


साथै उक्त अभियानअन्तर्गत रुपन्दैहीका स्थानीय तहहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । विभिन्न जिल्लामा चरणबद्ध रुपमा बैठक, छलफल र अन्तरक्रिया कार्यक्रम गरिने बौद्ध अध्ययन सङ्कायले जनाएको छ ।