शिक्षासहित तीन मन्त्रीको छलफल : शिक्षालाई उद्योग र श्रमसँग जोड्न आवश्यक

काठमाडौं/१३ चैत – सिप सहितको जनशक्ति तथा व्यावसायिक शिक्षालाई व्यवसायसँग एकीकृत गर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिवबिच छलफल भएको छ ।


छलफलमा व्यावसायिक शिक्षा र तालिमलाई उद्योग तथा श्रम बजारको आवश्यकतासँग जोडेर प्रभावकारी ढंगले लागु गर्ने, सिप सहितको जनशक्ति उत्पादनलाई व्यवस्थित गर्ने तथा समन्वयात्मक नीति निर्माणको आवश्यकता बारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएका थिए ।


साथै श्रम बजारमा माग र आपूर्ति बीचको अन्तर घटाउन सिप सहितको शिक्षालाई प्राथमिकताका साथ अघि बढाउने र युवालाई स्वरोजगारमुखी बनाउन उद्योग सङ्गको सहकार्य लाई मजबुत बनाउने विषयमा गहन छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सचिवालयले जनाएको छ ।