काठमाडौं/२१ फागुन – निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ( प्याब्सन)को महाधिवेशन अगाडी नै केही पदमा सहमति भएको छ । प्यब्सनका प्रमुख सल्लाहकार टिकाराम पुरी र वर्तमान अध्यक्ष डिके ढुंगानाको सक्रियतामा महाधिवेशन हुनु भन्दा ५ दिन अगाडी नै केही पदमा निर्विरोध पदाधिकारी चयन गर्ने सहमति भएको हो ।
सहमति अनुसार निर्विरोध चयन हुने नयाँ कार्य समितमा अध्यक्ष पदमा कृष्ण अधिकारी सहअध्यक्षमा गोपालप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा नवराज महत, महिला उपाध्यक्षमा दिपिका थापा, महासचिवमा आरबी कटुवाल र कोषाध्यक्षमा गणेश पोखरेल रहेका छन् ।
अध्यक्ष पदमा अर्का एक जना व्यक्तिले पनि उम्मेदवारी दिएकोले उक्त उममेदवारी फिर्ता नभएसम्म निर्विरोध नै हुने वा निर्वाचनबाट अध्यक्ष जिताउने भन्ने विषय भने अहिलेसम्म टरेको छैन । तथापि प्यब्सनका प्रमुख सल्लाहकार टिकाराम पुरी र वर्तमान अध्यक्ष डिके ढुंगानाको निर्णयले नै सार्थकता पाउने छ ।
प्याब्सनको १६ औँ राष्ट्रिय महाअधिवेशन फागुन २६ र २७ गते दुई दिन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।



