शिक्षामा दलीयकरण महारोग : सांसद हरि ढकाल

काठमाडौँ /१७ फागुन – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि ढकालले शिक्षामा दलीयकरण महारोग भएको बताएका छन् । दलीयकरण कै कारण शैक्षिक गुणस्तरमा असर गरेको बताएका हुन ।


राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन)को आठौँ महाधिवेशनको कार्यक्रममा बोल्दै दलीयकरणका कारण राज्यका हरेक संरचनाहरू कमजोर हुँदै गएको बताए । गुणस्तरीय शिक्षा छैन भन्दै गर्दा विद्यालयदेखि विश्वविद्यालयको हालत खराब हुँदै गएको विचार व्यक्त गरे ।


उनले कार्यक्रममा बोल्दै निजी विद्यालयहरूलाई कुनै पनि दलीय भतृसंगठनहरूलाई चन्दा दिन बन्द गर्न आग्रह गरे । दिनै मन लागे पनि पार्टीको खातामा रकम हालेर सार्वजनिक गर्ने हिम्मत राख्नुपर्ने उनको भनाई थियो ।


उनले भने “महाधिवेशन पछि आउने कार्यसमितिलाई मेरो आग्रह छ । तपाईहरूले दलीय भतृसंगठनहरूलाई चन्दा दिन बन्द गर्ने पहिलो निर्णय गर्नुहोस । यसले शैक्षिक गुणस्तरलाई असर गरेको छ । दिनै मन लाग्यो भनेपनि पार्टीको खातामा रकम हालेर सार्वजनिक गर्ने हिम्मत राख्नुहोस । कार्यसमितिलाई यत्ति भन्छु ।” फाईल फोटो