घाँटीको सङ्क्रमणका कारण शिक्षामन्त्री अस्पताल भर्ना

काठमाडौं/१३ फागुन – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचाररत छिन् । घाँटीको सङ्क्रमणका कारण गएको शुक्रवार (फागुन ९) उनी अस्पताल भर्ना भएकी थिइन ।


अहिले उनको अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनको घाँटीमा समस्या भएको र उपचारका लागि त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा रहेको जनाएको छ ।


उनले माघ २७ गते स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रालयका बैठक र कुनै पनि कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएकी थिइन । त्यसयता केही दिन मन्त्रालयमा उपस्थित भएपनि घाँटीमा समस्या भएपछि गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन । एनेक्स भवनको ६०२ नम्बर बेडमा राखिएकी उनी खान र भेटघाट गर्न सक्ने अवस्थामा छिन् ।