त्रिविले माग्यो ५ सय ४० पदका लागि दरखास्त

काठमाडौँ/६ फागुन – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला प्रतियोगिता अन्तर्गत विभिन्न तह र श्रेणी गरी कुल ५ सय ४० पदका लागि आवेदन माग गरेको हो ।


त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक/प्राविधिक पदहरूमा खुला/समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मंसिर २० गतेसम्मको संशोधनसहित) मा भएको व्यवस्था बमोजिमको आवेदन मागिएको जनाएको छ ।


योग्यता व्यक्तिहरूले फागुन ६ गते देखि आगामी चैत ११ गते सम्म र दोब्बर दस्तुर तिरेर चैत १८ गते भित्र त्रिविको सेवा आयोगको वेबसाइट www.tusc.tu.edu.np मा अंकित अनलाइन एप्लिकेशन मार्फत दरखास्त दिन सकिने जनाएको छ ।