केआईआईटीमा नेपाली विद्यार्थी माथि भएको दमनबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं/५ फागुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको वडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डिस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु पछि नेपाली विद्यार्थीहरूमाथि भएको दमनबारे ध्यानाकर्षण भएको जनाएको छ ।


उक्त घट्ना बारे वास्तविक अवस्थाको जानकारीका लागि सहजिकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई आग्रह गर्दै नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न र उनीहरूमाथि भएको अन्यायलाई सम्बोधन गर्न आवश्यक कदम चालिने र नेपाली विद्यार्थीहरूको सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ ।


‘प्रस्तुत विषयमा भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी), रजिष्ट्रारको कार्यालयको मिति १७ फेब्रुअरी २०२५ को सूचनाअनुसार उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सूचना जारी भएकै मितिदेखि कलेज खाली गर्ने भन्ने समाचार प्रकाशित भएको र नेपालका अनलाईनलगायत विभिन्न पत्रपत्रिकाहरूमा उक्त विषयको सन्दर्भमा प्रकाशित समाचारअनुसार उक्त कलेजमा अध्ययनरत प्रकृति लम्साल नाम गरेकी एकजना नेपाली छात्रा मृत अवस्थामा फेला परेको भन्ने समाचार समेतको सन्दर्भमा तहा मन्त्रालयको कूटनीतिक संयन्त्रबाट घटनाको वास्तविक अवस्थाको जानकारीका लागि आवश्यक सहजीकरण गरिदिनका लागि अनुरोध गर्ने भन्ने यस मन्त्रालयको मिति २०८१।११।०५ को निर्णयानुसार (मन्त्रिस्तरीय) अनुरोध छ’ परराष्ट्र मन्त्रालयलाई लेखिएको पत्रमा उल्लेख छ ।