शिक्षामन्त्री भट्टराईद्वारा राष्ट्रिय किताबखानाको अनुगमन

काठमाडौं/२३ माघ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधवार राष्ट्रिय किताबखाना (शिक्षक) को आकस्मिक अनुगमन गरेकी छन् । राष्ट्रिय किताबखानाको कामका बारेमा बेलावेलामा गुनासोहरू आइरहने गरेको अनुगमन गरेकी हुन् ।


अनुगमनका क्रममा मन्त्री भट्टराईले निवृत्तिभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनको प्रवाहका बारेमा जानकारी लिएकी थिइन । अनुगमनका क्रममा सेवाग्राहीहरूसँग पनि उनले सेवाको प्रभावकारिताबारे चासो राख्दै कुराकानी गरिन ।


अनुगमनपश्चात राष्ट्रिय किताबखानाको कामका बारेमा बेलावेलामा गुनासोहरू आइरहने गरेको हुनाले आइन्दा गुनासो नआउने किसिमले काम गर्न निर्देशन दिएकी छन् । शिक्षकहरूले पेस गरेको सिटरोल अनलाइनबाट गर्ने व्यवस्था गर्न र सिटरोल तथा निवृत्तिभरण र सम्पत्ति विवरणका अभिलेखहरूको भण्डारणका लागि तत्काल कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिइन ।


अनुगमनका क्रममा राष्ट्रिय किताबखाना (शिक्षक) का उपमहानिर्देशक युवराज पौडेलले किताबखानाबाट हुने गरेका कामकारबाही र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।