शिक्षकको बढुवा सम्बन्धी विषयगत नमूना प्रश्नोत्तरहरु (सेट-२७ )

काठमाडौं/९ कार्तिक – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरहरुका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. सिकाइ उपलब्धि सुधारका लागि अपनाउन सकिने विभिन्न रणनीतिहरूलाई व्याख्या गर्नुहोस् । यी रणनीतिहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न शिक्षण प्रक्रियामा के–के चुनौतीहरू आउन सक्छन् र ती चुनौतीहरूको समाधान कसरी गर्न सकिन्छ ?


२. विद्यार्थी उपलब्धि सुधार योजना भनेको के हो ? यस योजनाको निर्माण प्रक्रिया के–के हुन्छ ? यसको महत्व के रहेको छ र यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक मुख्य चरणहरूबारे वर्णन गर्नुहोस् ।


३. राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका स्तरीकृत मूल्याङ्कनका साधनहरूको भूमिका र महत्वलाई स्पष्ट गर्नुहोस् । यस मूल्याङ्कनले विद्यार्थीको सिकाइ उपलब्धि मापनमा कसरी सहयोग गर्छ ? NASA को अभ्यास परीक्षणको साधन विकास, परीक्षण र प्रतिवेदनहरूको प्रयोगबारे चर्चा गर्नुहोस् ।


४. नेपालमा विद्यार्थीको सिकाइ उपलब्धि परीक्षणको अभ्यास कसरी भइरहेको छ ? यसको प्रभावकारिता मूल्याङ्कन गर्न के कस्ता सुधार गर्न सकिन्छ भन्ने आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।


हेर्नुहोस भिडियो