प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को मस्यौदामा छलफल

काठमाडौँ /१ कार्तिक – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को मस्यौदामा छलफल गरेको छ ।


छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राप्त सुझावहरूलाई समावेश गर्ने, मस्यौदालाई सरोकारवालाहरूसँग अझै घनीभूत छलफल सहित परिपक्व ऐनको मस्यौदा तयार गर्नुपर्ने कुरा बताइन ।


सो छलफलमा प्रस्तावित ऐनको मस्यौदामा रहेका परिषद्को गठन, सङ्घीय प्रदेश संरचना, सीप परीक्षण समिति, ऐनले समेट्ने क्षेत्र, अन्तरमन्त्रालय समन्वय, कार्यरत कर्मचारीको सेवा सुविधाको निरन्तरता र कर्मचारी समायोजन जस्ता विषयमा सहभागीहरूले आ आफ्ना सुझाव तथा धारणा व्यक्त गरेका थिए ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू, सिटिइभिटीका सदस्य सचिव र निर्देशकहरूको सहभागीता रहेको थियो ।