शिक्षक बढुवा सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट २०)

काठमाडौं/२ कार्तिक – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


विषयगत प्रश्नोत्तरहरु


तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. माध्यमिक शिक्षा सहयोग कार्यक्रम, विद्यालय क्षेत्र सुधार कार्यक्रम, विद्यालय क्षेत्र विकास योजना र नमुना विद्यालय कार्यक्रमका उद्देश्यहरू के–के हुन् ? यी कार्यक्रमहरूले नेपालको विद्यालय शिक्षा प्रणालीमा कस्तो प्रभाव पारेका छन् ? विस्तृत रूपमा वर्णन गर्नुहोस् ।


२. विद्यालय शिक्षाका लागि राष्ट्रिय शिक्षा नीति, २०७६ का मुख्य प्रावधानहरू के के रहेका छन् ? यस नीतिले नेपालको शिक्षण पद्धतिमा ल्याएका सुधारहरू र भविष्यका चुनौतीहरूको विश्लेषण गर्दै व्याख्या गर्नुहोस् ।


३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ का विशेषताहरू के के रहेका छन् ? यस ऐनले नेपालको प्राविधिक र व्यावसायिक शिक्षा प्रणालीमा कस्तो योगदान पु¥याएको छ ? व्यावसायिक तालिमको विकासमा यसको महत्वका बारेमा चर्चा गर्नुहोस् ।


४. महामारी, तनाव व्यवस्थापन, संकट व्यवस्थापन र द्वन्द्व व्यवस्थापनमा शिक्षकको भूमिका के हुनु पर्छ ? शिक्षकहरूले कसरी यी चुनौतीपूर्ण परिस्थितिहरूमा विद्यार्थीहरूको मानसिक स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव पार्न सक्छन् ? सम्बन्धित उदाहरणहरू सहित व्याख्या गर्नुहोस् ।


हेर्नुहोस भिडियो