शिक्षकको बढुवा सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट १९)

काठमाडौं/१ कार्तिक – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. शैक्षणिक प्रक्रियामा बालविकासको भूमिका लेख्नुहोस् । यौवनावस्थाका विद्यार्थीहरुको मानसिक, शारीरिक र भावनात्मक परिवर्तनहरूलाई शैक्षणिक प्रव्रिmयाले कसरी प्रभाव पार्छ ?


२. शिक्षण सिकाइमा व्यवहारवादको प्रयोग र व्यवहारवादको सिद्धान्तहरूलाई शैक्षिक अभ्यासमा कसरी प्रयोग गर्न सकिन्छ ? विश्लेषण गर्नुहोस् ।


३. शान्ति शिक्षाको अवधारणा, यसको महत्व र विद्यालयमा शान्ति शिक्षालाई समाहित गर्ने उपायहरू लेख्नुहोस् ।


४. शिक्षा र सदाचारबीचको अन्तर सम्बन्धका बारेमा व्याख्या गर्नुहोस् । विद्यार्थीहरूमा नैतिक शिक्षा र चारित्रिक विकासका लागि शिक्षकहरूको भूमिका कस्तो हुनुपर्छ ? स्पष्ट पार्नुहोस् ।


हेर्नुहोस भिडियो