शिक्षक बढुवा : शिक्षा सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट १८.१)

काठमाडौं/२९ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक :शिक्षा सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था


विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. नेपालको संविधानमा मौलिक हकमा शिक्षा सम्बन्धी गरिएका व्यवस्थाहरुका बारेमा लेख्नुहोस् । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, राज्यको संरचना र राज्यशक्तिको बाँडफाँडका बारेमा व्याख्या गर्नुहोस् ।


२. शिक्षा ऐन, २०२८ को प्रमुख प्रावधानहरू र तिनको शिक्षा क्षेत्रमा परेको प्रभावको विश्लेषण गर्नुहोस् ।


३. शिक्षा नियमावली, २०५९ अनुसार नेपालको शिक्षा व्यवस्थापन प्रणालीलाई कसरी सुधार गरिएको छ ? यो कार्यान्वयनका चुनौतीहरू के के रहेका छन् ?


४. शिक्षक सेवा आयोग नियमावली, २०५७ मा उल्लेखित शिक्षकहरूको नियुक्ति मापदण्ड र प्रक्रियाबारे विस्तृत चर्चा गर्नुहोस् । शिक्षकको स्तर सुधारमा योगदान र यसमा समस्या र चुनौतीहरूका बारेमा लेख्नुहोस् ।


हेर्नुहोस भिडियो