काठमाडौं/२८ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरको (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पााठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : नेपालको राष्ट्रिय शिक्षा प्रणाली
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. नेपालका विभिन्न शिक्षा आयोगहरूका प्रतिवेदनहरूको आधारमा विद्यालय तहको शिक्षामा सिफारिस गरिएका सुधारका प्रमुख पक्षहरू के थिए ? तिनको योगदान र कार्यान्वयनको वर्तमान अवस्थाबारे चर्चा गर्नुहोस् ।
६. चालु आवधिक योजनामा नेपालको शिक्षा क्षेत्रका लागि समावेश गरिएका मुख्य प्राथमिकताहरू के के हुन् ? यस योजनाले विद्यालय तहको शिक्षामा कस्तो योगदान पु¥याएको छ ? विश्लेषण गर्नुहोस् ।
७. चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटले शिक्षामा गरेको योगदानका बारेमा चर्चा गर्नुहोस् ? विद्यालय तहको शिक्षामा त्यसको प्रभावको बारेमा चर्चा गर्नुहोस् ।
८. विद्यालय क्षेत्र विकास योजना (क्क्म्ए), सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना र विद्यालय दिवा खाजा कार्यक्रमजस्ता परियोजनाहरूले विद्यालय तहको शिक्षामा कस्तो प्रभाव पारेका छन् ? यी कार्यक्रमहरूको महत्व र प्रभावकारिताको विश्लेषण गर्नुहोस् ।