शिक्षकको बढुवा सम्बन्धी (अनुसन्धान तथा विकास) विषयगत नमूना प्रश्नोत्तर (सेट १६.१)

काठमाडौं/२५ असोज – शिक्षक सेवा आयोग तयारी शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरको (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक : अनुसन्धान तथा विकास


विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. अनुसन्धान भनेको के हो ? यसको उद्देश्य, महत्व र प्रकारहरूबारे चर्चा गर्नुहोस् । विद्यालय शिक्षामा यसको प्रयोग कसरी गर्न सकिन्छ ? व्याख्या गर्नुहोस् ।


२. शैक्षिक अनुसन्धान भनेको के हो ? विद्यालय शिक्षामा शैक्षिक अनुसन्धान किन आवश्यक छ ? शैक्षिक अनुसन्धानका प्रतिवेदनहरूको व्यावहारिक उपयोगका दृष्टान्तहरू सहित व्याख्या गर्नुहोस् ।


३. कार्यमुलक अनुसन्धान भनेको के हो ? कार्यमूलक अनुसन्धानको अवधारणालाई स्पष्ट पार्नुहोस् । यसको प्रक्रियाको मुख्य चरणहरूको वर्णन गर्नुहोस् ।


४. कार्यमूलक अनुसन्धान र अन्य अनुसन्धानबीच तुलनात्मक अध्ययन गर्नुहोस् । यी दुबैको भिन्नता र समानता लेख्नुहोस् ।


हेर्नुहोस भिडियो