काठमाडौं/१५ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ चार नेपाली भाषा शिक्षण अन्तर्गत व्याकरण शिक्षणबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : वर्णविन्यास तथा लेख्य चिन्हको परिचय, प्रयोग, शब्दकोष प्रयोग, शब्द भण्डार र उखान टुक्का, शब्द रचना, वाक्य रचना र वाक्यान्तरण
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
८. वाक्य रचना भनेको के हो ? प्राथमिक तहका विद्यार्थीहरुलाई सरल वाक्यहरु बनाउने क्षमता कसरी विकास गराउन सकिन्छ ?
९. वाक्यान्तरण भनेको के हो ? यसका प्रकारहरु लेख्नुहोस् । वाक्यान्तरणको महत्व के रहेको छ ? वाक्य संरचनामा परिवर्तन गर्ने अभ्यासका लागि कुन–कुन गतिविधिहरु प्रयोग गर्न सकिन्छ ?
१०. लेख्य चिन्हको महत्व के रहेको छ ? प्राथमिक तहमा लेख्य चिन्हको प्रयोगका लागि उपयुक्त शिक्षण विधि के हुन सक्छ ? लेख्य चिन्ह सिकाउनका लागि कुनै पाँचवटा शिक्षण व्रिmयाकलापहरु प्रस्तुत गर्नुहोस् ।
११. विद्यार्थीहरुको वर्णविन्यास सुधार गर्नका लागि कुन कुन शिक्षण विधिहरु प्रभावकारी हुन्छन् ? विद्यार्थीको मूल्याङ्कन गर्न कुनै पाँच वटा प्रश्न निर्माण गर्नुहोस् ।
१२. शब्दकोषको सही प्रयोग सिकाउनका लागि उपयुक्त शिक्षण विधिहरु प्रयोग कसरी गर्न सकिन्छ ? शब्दकोष सिकाउने तीन वटा शिक्षण व्रिmयाकलाप लेख्नुहोस् ।
१३. वाक्यको संरचना परिवर्तन गर्दा वाक्यको अर्थमा आउने परिवर्तनको बारेमा व्याख्या गर्नुहोस् । वाक्य रचना र वाक्यान्तरण सिकाउनका लागि उपयुक्त शिक्षण विधिहरु लेख्नुहोस् ।



