काठमाडौं/१४ भदौं – चिकित्सा शिक्षा आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । भदौं १ गते सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको भदौ १४ गते बसेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रमअनुसार नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
आयोगले नतिजा परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत हेर्न सक्ने व्यवस्था गरेको जनाएको छ । साथै न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकमा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।




